Header Ads

          २९६ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको चर्चा

शरद विष्ट

नेपालको इतिहासमा पृथ्वी नारायण शाहकोनाम नसुन्ने ब्यक्तिहरु कमै होलान । इतिहास रसामाजिक विषय प्रति चासो राख्ने ब्यक्तिले पृथ्वी नारायण शाहको बारेमा बुझ्न र ब’झाउन आवश्यक छ । नरभूपाल शाह र कौशल्यावतीका जेष्ठ सुपुत्र
को रुपमा बि.स. १७७९ पौष २७ गतेकादिन गोरखामा जन्म भई नरभूपाल शाहको मृत्यु पश्चात् बि.स. १७९९ मा राजा हुने पृथ्वी नारायण शाह बाल्यकालदेखि नै देशभक्ति,य’द्वकला,बिनय आदि भाबनाले ओतप्रोतथिए । पृथ्वी नारायण शाहले बि.स. १८०१ मा न’वाकोट आक्रमण र बिजय, बि.स. १८१४मा कीर्तिप’रको पहिलो युद्ध, बि.स.१८२१ कोभाद्र महिनामा दोस्रो कीर्तिपुर युद्ध, बि.स.१८२२ चैत्र २ गते तेस्रो पटकको लडाईमाकीर्तिपुर विजय, बि.स.१८२६ मंसिर १ गतेभक्तपुर विजयको साथै नेपाल को सिमाना पूर्वमा सिक्किम पर्यन्त पुग्न गयो । यिनलेपूर्वमा सिक्किम , पश्चिममा मस्र्याङ्गदी चेपे नदी,उत्तरमा हिमालय पर्बत र दक्षिणमा पर्सादेखि झापासम्मको बिस्तृत राष्ट्रिय चेतनायुक्क्त संगठित र सुदृड नेपाल आफ्ना उत्तराधिकारीहरुमा हस्तान्तरण गरेकाथिए । प्रसियाबाट जर्मनी साम्राज्यको उत्पत्ति भयजस्तै, सर्डिनियाबाट इटालीको उदय भयजस्तै,बेसेक्सबाट ब्रिटेनको उत्पत्ति भएजस्तैसानो गोर्खा राज्यबाट बिशाल नेपालको उत्पत्ति ह’न गएको थियो । पृथ्वी नारायणशाहको यस महान कार्यको कदर गदैंदिल्लीका बादशाहले बि.स. १८२७ मा बहादुर शमशेर जग भन्ने पदबीले बिभूषित गरेका थिए । राष्ट्र निर्माता श्री ५ पृथ्बिी नारायण शाह
नको नहुने गरी सिकिस्त बिरामी भएपछिआफ्नो जीवनको अन्त्यतिर बि.स. १८३१ मा नुवाकोटमा सबै भारदारहरुलाई बोलाई २।३ दिनसम्म नेपालको भूराजनीतिक अबस्था , सामाजिक जिबन, प्रतिरक्षा र विकासका सन्र्दभमा जुन कुरा भनेका थिए तिनलाई दिब्योपदेश शाीर्षकमा संकलन गरिएको छ । नेपाल दुई ढुंगा बीचको तरुल जस्तो रहेछ, जाइकटक नगर्न झिकी कटक गर्न, दक्षिणकोबादशाह महाचत्तर छ, नेपाल चार बर्ण छत्तीस जातको सुन्दर फूलबारी हो, सबैलाई चेतना भया आदि बि. स. १८३१ मा बोलिएका यी अभिब्यक्तिहरु आज पनि उत्तिकै समयसान्दर्भिक र मननीय छ । यिनै राष्ट्रको धरोहर एवम् राष्ट्र निर्माता पृथ्वी नारायण शाह को मृत्यु बि.स. १८३१ माघ १ गते नुवाकोटजिल्लाका पर्ने त्रिशुली र तादी नदीको संगममामोहन तीर्थमा भएको थियो ।आज २९६ औं पृथ्वी जयन्ती देशभरी मनाईरहदा यिनको चर्चा ह’न’ स्वभाविक हो । राज्यब्यबस्था परिवर्तन भएपछि बिशेषत ०६३।०६३ को जनआन्दोलन पछि देशमा राजनैतिक परिबर्तन भयो। २४० बर्यो अस्थिर राजतन्त्रात्मकब्यवस्थाको अन्त्यसँगै मूलुक संघिय लोकतान्त्रिकगणतन्त्रमा प्रबेश ग¥यो । तर , त्यो होईन । राज्य ब्यवस्था परिबर्तन हुदैमा शहिदहरुका सालिकहरु ढालिनु, ऐतिहासिक ब्यक्तिहरुका मूर्तिहरु तोड्नु भनेको कायर एवम् खराब आचरण हो । पृथ्वी नारायण शाहको योगदान हिजो जत्ति थियोआज पनि छ र भोलि पनि रहनेछ । उनले पुराएकोराष्ट्र योगदान बाट बरु हामीले पाठ सिकेर अघि पो बढ्नु पर्छ । सबै राजाहरु खराब पनि थिएनन् ।तर, सत्य बोल्नु पर्छ र सबैलाई बुझाउनु पर्छ । हल्लाको भरमा उफ्रर्नु हुदैन । पृथ्वी नारायण शाहनेपाल राष्ट्रको एक धरोहर हुन । हामी नेपालीको गौरब भनेको राष्ट्र निर्माता पृथ्वी नारायण शाह नै हुन नेपाल र नेपालीको गौरबको रुपमा राष्ट्र निर्माता पृथ्वी नारायण शाह अजर अमर छन् । उनको इतिहास देशले मेट्न सक्दैन । लेखक लाेक चेतना एकेडेमी भिंग्रीमा सामाजिक विषय शिक्षक हुनुहुन्छ 

Post a Comment

Previous Post Next Post