Header Ads

पाल्पा–हेटौडा–११ नवलपुरका २६ वर्षीय सागर अधिकारी र नरेश पुडाशैनी चितवनबाट च्याउ खेती सुरु गरेर नवलपरासी र रुन्देही हुँदै पाल्पामा पुगेका छन् । च्याउ खेतीबाटै अहिले उनीहरुको मासिक आम्दानी एक लाख रुपैयाँ हुने गरेको छ ।
यो बर्ष अधिकारी र पुडासैनीले २५ सय पोकामा च्याउ खेती गरेका छन् । यसलाई अझै बढाउने सोचमा उनीहरुमा छ । गएको वर्ष च्याउ बिक्रीबाट तीन–चार लाख रुपँैया आम्दानी गरेका अधिकारी र पुडसैनीले यसबर्ष १५ लाख रुपैयाँ भन्दा वढिको च्याउ बिक्री गर्ने लक्ष्य राखेका छन् ।
उत्पादित च्याउ पाल्पा,गुल्मी,स्याङ्गजा,पोखरा,रोल्पा,रुपन्देही,भैरहवाका बजारमा
बिक्रीको लागि पठाउने गरेको अधिकारीको भनाई छ । किसानले होलसेलमा प्रतिकिलो २२० रुपैँयामा बेच्ने च्याउ व्यापारीले उपभोक्तालाई प्रतिकिलो ३०० रुपैयाँमा बेच्ने गरेका छन् । ‘बजारको कुनै समस्या छैन् नरेशले भने, ‘उपभोक्ताले च्याउको स्वाद र फाइदा थाहा पाएर होला, जताततैबाट माग आइरहेको छ, माग धान्न सकेको छैन ।’
च्याउ खेतीका लागि मध्यपहाडी जिल्ला पाल्पामा कन्ये (पराले) च्याउ जुनसुकै सिजनमा उत्पादन गर्न सकिन्छ । पाल्पामा भने धेरै गर्मी नहुने भएपछि च्याउ खेती गर्न जुनसुकै सिजनमा पनि सहज भएको उनीहरू बताउँछन् ।

Post a Comment

Previous Post Next Post