Header Ads

काठमाडौं, १३ माघ । रियल मड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा सेल्टा डि भिगोसँग २–२ को रोकिँदै रियल मड्रिड प्रतियोगिताबाट बाहिरिएको हो ।
पहिलो लेगमा सेल्टा डि भिगोले रियल मड्रिडलाई २–१ ले हराएको थियो । त्यसैले दोस्रो लेगको बाराबरी अघिल्लो चरण प्रवेशका लागि रियललाई पर्याप्त थिएन ।
दुुवै लेगमा समग्रमा ४–३ को हारसहित रियल प्रतियोगिताबाट बाहिरिएको हो । अन्तिम चारमा पुग्नका लागि रियल मड्रियलाई जित अनिवार्य थियो भने सेल्टालाई बराबरी मात्रै भए पुग्ने थियो ।

रियलका लागि ४४ औं मिनेटमा डानिलोले गरेको आत्मघाती गोल निकै महंगो साबित भयो । आत्मघाती गोलले सेल्टा पहिलो हाफमा १–० को अग्रता लियो ।
६२ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडका लागि बराबरी गोल फर्काए । पाँच मिनेट बाँकी हुँदा घरेलु टोली सेल्टाका लागि ड्यानिएल वासले गोल गर्दै २–१ को अग्रता दिलाए । ९० औं मिनेटमा लुकास वाजक्वेजले रियल मड्रिडका लागि बराबरी गोल त फर्काए तर त्यो जितका लागि पर्याप्त भएन ।

यस्तै एथ्लेटिको मड्रिड भने प्रतियोगिताको समिफाइलनमा प्रवेश गरेको छ । बुधबार रातिनै भएको क्वाटरफाइनलको दोस्रो लेगमा एइबरसँग २–२ कै बराबरीमा रोकिए पनि एथ्लेटिको मड्रिडसमग्रमा ५–३ को जितसहित अन्तिम चारमा पुगेको हो ।

पहिलो लेगमा एथ्लेटिको मड्रिड ३–० ले विजयी भएको थियो । दोस्रो लेगमा एथ्लेटिको मड्रिडले ४९ औं मिनेटमा जोसे गिमेनेजको गोलले अग्रता लिएको थियो । तर, ७३ औं मिनेटमा एइबरका इनरिचले बराबरी गोल फर्काए ।
मिनेटमा लिअनले गोल गरेपछि एइबरले २–१ को अग्रता लिएपछि खेल सकिन पाँच मिनेट बाँकी हुँदा आनफ्रानले एथ्लेटिको मड्रिडका लागि बराबरी गोल गरे ।

Post a Comment

Previous Post Next Post