जातजातिको सँस्कृति र धर्मप्रति सद्भाव कायममा जोड
खेम बुढामगर पुस ११ (लिबाङ) । रोल्पा सद्भावका लागि साँस्कृतिक सहिष्णुता" सम्बन्धि साँस्कृतिक कार्यक्रम र डक नाटक रोल्पाको लिबाङमा मंगलबार सम्पन्न भयो । विविध जाति, धर्म र साँस्कृतिक समुदायमा सद्भाव अभिबृद्विको सन्देश दिने उदेश्यले साँस्कृतिक प्रस्तुती र सडक नाटक गरिएको हो ।
हरप्लेस रोल्पाको आयोजना र सुनछहरी कला केन्द्र रोल्पाको प्रस्तुतिमा साँस्कृतिक कार्यक्रम गरिएको हो ।
एक जातिले अर्को जातिको सँस्कारको सम्मानले सद्भाव बढ्ने गरि कार्यक्रम गरिएको हरप्लेस रोल्पाकि सबिता बुढाले बताईन । नाटकमा कलाकारले फरक फरक समुदाय र जातिको सँस्कारको झल्काउने नृत्य र सडक नाटक देखाए ।
सालैजो नृत्यमा दर्शक झुमेका थिए । जुनकुनै जातिको सँस्कार र धर्ममा ठेस पुर्याउँदा समाजको सम्बन्ध बिग्रने भएकाले सबैले सबैको सँस्कारप्रती सहिष्णु बन्न आवस्यक हुने सन्देश दिने आग्रह सहितको प्रस्तुत दिए । कलाकार टेकेन्द्र सेनको नेतृत्वको कला समुहले मगर, गुरुङ, ठकुरी, खस आर्य जातिको साँस्कृतिक झलक सहितका नृत्य समेत देखाए ।
सामुहिक नृत्य, एकल गित र नाटकबाट दर्शकले सद्भाव सहितको भरपुर मनोरञ्जन लिए । मुलुकमा जातजाति, धर्म, हिमाल, पहाड र तराईबीचको विवेध र फाटो आईरहेकोमा कलाकारहरुले कला मार्फत सद्भाव अभिवृद्धि गर्न सबै जाति र धर्मावलम्बी बीचको सम्बन्ध प्रगाढ बनाउन कलाकारको बेजोड प्रस्तुति रह्यो ।
मानव अधिकार, सामाजिक न्याय र सुशासनका क्षेत्रमा क्रियाशिल हरप्लेसले सबै समुदायले आफ्नो सँस्कृति र धर्म अंगाल्न पाउनु मानव अधिकारको सवाल भएकाले बिबिधतामा एकता आवस्यक रहेकोप्रति जोड दिन साँस्कृतिक कार्यक्रम आयोजना गरेको जनाएको छ ।
Post a Comment