Header Ads

काठमाडौं, माघ ११ । ऊर्जा मन्त्रालयले अगाडि सारेको ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रममा हालसम्म रु दुई अर्ब ६० करोड बराबरको प्रतिबद्धता व्यक्त भएको छ ।
ऊर्जा मन्त्रालयकाअनुसार हालसम्म सबैभन्दा बढी व्यक्तिगतरुपमा प्रतिबद्धता रकम प्राप्त भएको छ ।

स्वदेश तथा वैदेशिक रोजगारीकाक्रममा विश्वका विभिन्न मुलुकमा रहेका नेपाली नागरिकले लगानीका लागि प्रतिबद्धता जनाएको ऊर्जामन्त्री जनार्दन शर्माको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयकाअनुसार २५ हजार २०१ जनाले रु दुई अर्ब ६० करोड कुल प्रतिबद्धता जनाएका छन् ।

संस्थागतरुपमा लगानी प्रतिबद्धता जनाउनेमा २८ संस्था रहेका छन् । रासस

- See more at: http://imagekhabar.com/news/latest/hydropower/14903#sthash.pqVMH4nd.dpuf

Post a Comment

Previous Post Next Post