Header Ads


हर्क घर्तीमगर / १४ पाैष पाेबाङ दीपज्याेति बचत तथा ऋण सहकारी संस्था लि० सुनछहरी ५ पाेबाङ राेल्पाले अाइएमईकाे बिप्रेषण (रेमिट्यान्स) सेवा शुभारम्भ गरेकाे छ । साे सेवाकाे शुक्रबार एक कार्यक्रमका बिच सुनछहरी गाउँ पालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि अाश बहादुर पुनमगरले उद्घाटन गर्नु भएकाे हाे। २०६७ सालमा सहकारी दिभिजन कार्यालय दाङमा बिदिवत दर्ता संगै उत्तर पुर्वि बिकत गाउँ हरूमा बित्तिय सेवा पुर्‍याउदै अाएकाे यश सहकारी संस्थामा हाल ५६३ शेयर सदस्य छन भने १२ लाख शेयर पुँजि ७० लाख (निक्षेप) बचत संकलन गर्नुका साथै बाह्य ऋण समेत गरि ८० लाख ऋण प्रवाह गरेकाे छ । रेमिट्यान्स सन्चालन संगै सहकारीकाे काराेबार थप बृद्दी र प्रभावकारी हुने कार्यक्रमका बक्ताहरूले बताएका छन । उदघाटन समाराेहलाइ सम्बाेधन गर्दै प्रमुख अतिथि पुनले कुनै पनि वित्तिय संस्था नरहेकाे यस क्षेत्रमा याे सहकारीले वित्तिय सेवा प्रवाह गर्नु राम्राे रहेकाे र गाउँ पालिकाबाट हुन सक्ने सहयाेगमा कुनै कन्जुसाइ नहुने साथै वनिज्य वैंक तादा रहेकाेले तरल व्यवस्थापनमा अाउन सक्ने संकतमा विशेष ख्याल राख्न सन्चालन तिमलाइ सुझाव समेत दिनु भयाे । सन्चालक खद्क बहादुर घर्तीमगरकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सन्चालन सचिव खिम विष्टले गर्नुभएकाे थियाे ।

Post a Comment

Previous Post Next Post