लामो समय देखि नेपाली मोडलिङ छेत्रमा सकृय मोडल हुन अन्जु निरौला ।
१५०० भन्दा बढी गीतहरुमा अभिनय गरिसकेकी अन्जु पछिल्लो समय भने खासै देखा परेकी छैनन ।
उनी किन देखा परिनन भन्ने कुरा अहिले बल्ल थाहा भएको छ । उनी हिजो मात्र छोरीको आमा बनेकी छिन । चार बर्ष अघि सुनिल कार्किसङ्ग लगन गाठो कसेकी अन्जुले हिजो बिहान ६ बजेर ४८ मिनेटमा छोरीलाइ जन्मदिएकी हुन ।
अहिले अन्जु र छोरी दुबैको स्वस्थ्य स्थिती ठिक रहेको अन्जु स्वयंले बताइन् । घरमा छोरीको आगमन भएसङ्गै परिवारमा खुशीको बहार छाएको उनले बताइन ।
घरमा छोरी आउदा साच्चिनै एउटा छुट्टै खुशी मिल्दो रैछ,म लगायत हाम्रो परिवार अहिले निकै खुशी छौ उनले भनिन । हाम्रो तर्फबाट पनि अन्जु र सुनिललाई हार्दिक बधाइ दिन चाहन्छौ ।
साथै अन्जु र अन्जुकी छोरी को स्वास्थ्यलाभ को कामना पनि गर्दछौं ।
Post a Comment