Header Ads


गोविन्द विश्‍वकर्मा पौष १४ ।  स्वर्गद्वारी नगरपालिका वडा नं ५ सारीमा केही वर्ष पहिले देखि स्थानीय स्तरमै नमूना रुपमा महिलाहरुले  अचार उत्पादन गर्दै आएको मिलनसार अचार उद्योग सारीको शुक्रवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । 
उद्योगका अध्यक्ष शान्ति बुढाथोकीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख नेत्र बहादुर रोकाय विशेष अतिथी उप्रमुख गोमा रेग्मी त्यस्तै अन्य अतिथीहरु स्वर्गद्वारी नगरपालिका वडा नं–५ का वडा अध्यक्ष हिरामणी भण्डारी, आद्रा नेपालका कविरराज स्थापित, रुपान्तरणका सोहनलाल श्रेष्ठ, परियोजना संयोजक शंकर भट्ट क्रियाशिल राजनीतिक दलका प्रतिनिधिहरु समाजसेवी, बुद्धिजीवि पत्रकार विभिन्न तह र तप्काका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

अचार उद्याेगकाे स्थापना गर्न र  संचालनका लागि परामर्श तालिम सामाग्रीकाे उपलब्धता व्यवसायीहरुका लागि विशेष तालिम प्रदान लगायका विषयमा  फूलवारी एकिकृत ग्रामिण संस्था नेपाल सुसाशन तथा जिविकाेपार्जन (GOAL) परियाेजना  स्वर्गद्वारी  नगरपालिका वडा न ५ सारी काे सहयाेग रहेकाे उद्याेगकी अध्यक्ष शान्ति वुढाथाेकीले बताउनु भयाे ।
महिलाहरुको सक्रियतामा मात्र संचालन गरिएको अचार उद्योग माडी क्षेत्रमै महिलाहरुको उदारणीय काम भएको चर्चा भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले यो विशुद्ध स्थानीय स्तरमा त्यसमा पनि महिलाहरुको सक्रियतामा संचालन गरिएको आफैमा राम्रो काम भएको र अव यसलाई अझै स्थापीत गर्दै यसको स्तर उन्नती र बजारीकरणमा व्यापक ध्यान दिन जरुरी रहेको बताएका थिए ।
कार्यक्रमा बोल्दै नगर प्रमुख रोकायले यो अत्यन्तै राम्रो र सराहनीय काम भएको र यसलाई अव ढुक्कका साथ विस्तृत बजारीकरणको आवश्कता रहेको बताउनुभयो साथै उहाँले यस उद्योगको लागि आवश्क परे नगरपालिकाको जस्तो सुकै सहयोग गर्ने समेत प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रममको समापन गर्दै उद्योगकी अध्यक्ष शान्ति वुढाथोकीले आफूहरुले सुरुवातको चरणमा आफै खानको लागि मात्र अचार उत्पादन गर्ने गरेको र पछिल्लो समय विस्तारै यसलाई व्यवसायिक रुपमा आफूहरुले परिणत गर्दै आएको बताउनुभयो ।
साथै उहाँले आफूहलाई सामान्य स्तर वाट उद्योग सम्म ल्याउनको लागि सहयोग गर्ने सबै संघ संस्थालाई धन्यवाद दिदै आगामि दिनहरुमा पनि यस्तै निरन्तर र महत्वपूर्ण सहयोग गर्नेको लागि अपिल समेत गर्नुभयो उहाँले अन्य स्थानीय निकायहरुले समेत यसमा सहयोग साथ समर्थन र हौसला प्रदान गर्ने काम गरे आफूहरुलाई अझै यस कार्य प्रति उत्साहित हुनको लागि पेरेणा मिल्ने बताउनु भयो ।

Post a Comment

Previous Post Next Post