Header Ads

प्यूठान । आमा जति सम्बोधन गरेपनि कहिल्यै नथाक्ने शब्द/नमेटिने अक्षेर/बहकिरहने र हिडीरहने मन हो यही शब्द हरेक नेपालीको मन मस्तिष्कमा आउने गर्दछ भनिन्छनि सबै किन्न सकिन्छ तर आमा किन्न सकिन्न।सन्तानलाइ संसार सम्झने/संसारलाई खुसि सुम्पिने एक मात्र पबित्र नाम ति हाम्रै प्यारी आमा हुन्।
यी मार्मिक शब्द खर्च गरिरहने कमै सन्तति हुन्छन/कमै कलाकारहरु हुन्छन यस भित्र पर्छन सदाबहार सर्वप्रिय/लोकप्रिय गायक बिरही कार्की ।आमा बाट लोक गीतलाई आमा शब्दले उचाईमा लगेका गायक बिरही कार्की अब आम-४ सम्म पुग्न सफल भएका छन ।जति आमा १/आमा -२ आमा-३ मार्मिक गीत बनेको थियो त्यो भन्दा अझ मार्मिक गीत बन्न सकेको छ आमा-४ उनै चर्चित गायक बिरही कार्कीको लय तथा शब्द सृजनामा बजारमा आएको गीतमा आवाज पनि स्वयम गायक बिरही कार्कीकै रहेको छ ।सुनखानी म्यूजिक प्रालिले बजारमा ल्याएको उक्त गीतमा अभिनय भने अभिनय क्षेत्रमै प्रख्यात रुपमा चिनिएका चर्चित मोडल महेन्द्र गौतम/लक्ष्मी गिरी/रश्मी भट्/कमल कुमार बिक/राम थापा र बिशाल कार्कीको रहेको छ ।चर्चित एरेन्जर कमल सौरगको एरेन्ज र दिपेन्द्र तिमल्सिनाको निर्देशनमा तयार भिडियोको सम्पादन पवन सिंखडाको रहेको छ ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो :

1 Comments

Post a Comment

Previous Post Next Post