स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख नेत्र बहादुर राेकाय सँग नगरपालिकाकाे वास्तविक अवस्था अवकाे विकास विनियाेजित वजेट यस नगरकाे जनजीविका लगायतका विषयमा केन्द्रित रहेर पत्रकार गाेविन्द विश्वकर्माले गरेकाे भलाकुसारीका सम्पादीत अंशहरु.........
स्वागत छ तपाइलाई ?
धन्यवाद
केछ आराम हुनुहुन्छ ?
हजुर ठिक छु
केमा व्यस्त हुनुहुन्छ आजभोली ?
व्यस्त के काममा भन्दा जनताको जनप्रतिनिधि भएको नाताले जनताकै काममा व्यस्त छु ।
स्वर्गद्वारी नगरपालिकालाई समृद्ध बनाउन तपाइको कस्तो भूमिका रहन्छ ?
स्वर्गद्वारी नगरपालिकालाई समृद्ध बनाउनको लागि मेरो भनेको नेतृत्व लिने कुरामा यस विषयमा यहाँका नगरवासी सबैले सोच्नु पर्छ मेरो व्यक्तिगत भूमिका भन्नु पर्दा नगर प्रमुख भएको हैसियतले नगरपालिको लागि मैले गर्नुपर्ने पहल कदमी र भूमिका सबै लगानी हुने मेरो समृद्ध नगर निर्माणको लागि ।
आर्थिक वर्ष २०७४÷०७५ को बजेट पनि विनियोजन गर्नुभयो कति विनियोजन भयो बजेट कुल ?
हाम्रो नगरपालिकाले अहिले विनियोजन गरेको कुल बजेट ४४ करोड वरावरकाे बजेट विनियाेजन भएकाे छ हाम्राे नगरपालिकामा अार्थिक वर्ष ७४ र/ ७५ का लागि ।
बजेट विनियोज सबै वडाहरुमा समान रुपले भएका छन या छैन ?
बजेट विनियोजको सन्र्दभमा कुरा गर्दाे हामीले भौगलिक विकटता, दुर्गम केही सुगम वडाहरु हेरेर गरेका छौं । जस्तोकी विकट भनिएका वडाहरुमा अलि बढि र विकासले अलि पुगिसकेका वडाहरुमा अलि कम यसरी बजेट विनियोजन गरेको छौं । किनकी हामीले यो नगरको समान विकास गर्नुछ त्यसैले कम विकास भएको ठाउँमा अलि बढि बजेट र विकासले अलि अघि पुगेको वडालाई अलि कम गरेर विनियोजन गरेका छौं ।
बजेट विनियोज गर्दा राजनीतिक र आफ्ना सर्मथक भएको वडा क्षेत्रमा अलि धेरै गर्ने परिपाटी देखिन्छ तपाईहरुले पनि गर्नुभयो यस्तो काम ?
म एकदमै निःस्वार्थ भावनाले भन्दै छु कतै पनि पटक्कै त्यसो भएको छैन म सबै नगरवासीलाई प्रष्ट पार्न चाहान्छु विचार कार्यकर्ता र राजनीतिक आधारमा कुनै पनि ठाउँमा बजेट विनियोज भएको छैन हामीले बजेट विनियोजन गर्दा प्रत्यक वडाको वस्तु स्थिती बुझेर विकट र सुगम छुट्याएर गरेका छौ । हामी जनप्रतिनिधि भएर आइसकेपछी सबै जनतालाई समान रुपले हेर्ने हो अवको छ वर्ष सम्मको लागि हामी कुनै राजनीतिक पार्टी निकट नभएर जनतको सेवक हौ र सबै जनतालाई समान दृष्ट्रिले हेर्छाै ।
सफा, सुन्दर, स्वच्छ र समृद्ध विकासयुक्त नगर भएको हामीले कहिले देख्न पाउछौं ?
अव हामी जनप्रतिनिधि भएर आएको र जनताले पठाएको नै यस नगरलाई समृद्ध र विकासयुक्त बनाउनको लागि हो हामी कोसि गर्छाैं र गरिरहेका छौ यति भनेर समय त हामी निर्धारण गर्न सक्दैनौ तर हामीले यस नगरको विकासको लागि यहाँ भएका संम्भावना र चुनौतीका कुराहरुलाई नियालेर कृषिमा लगानी गरेर कृषि पेशालाई आधुनिकिकरण, पशुपालनमा व्यवसायिकता शैक्षिक स्तरमा सुधार यूवाहरुमा लगानीको वातावरण सृजना गरेर यो नगरलाई समृद्ध बनाउनमा हामी हरदम लागि परिरहनेनौं छौं ।
प्यूठान आफैमा विद्युत उत्पादन भएको जिल्ला तर स्वर्गद्वारी नगरपालिकाको विभिन्न वडाहरुलाई हेर्ने हो भने कैयौं वडाका विभिन्न वस्तीहरुमा बत्ति बल्न सकिरहेको छैन योत बत्ति मुनिको अध्याँरो भनको जस्तो भएनर प्रमुख ज्यु ?
निस्सैपनी यो हुन सावित गएको छ । किन भन्नुहुन्छ भन्दा हाम्रो प्यूठान र माडीलाई फरक रुपमा हेरिन्छ अव त्यो परिपाटीको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो माग छ । पहिले केही थियो त भने प्यूठान झिम्रुक खोलाई भन्ने र यो हाम्रो क्षेत्रलाई माडीखोला र यहाँको बासिन्दालाई माडीखोले भनिने प्रचलन रहेको थियो र राजनेताहरु पनि झिम्रुक तिरै अलि धेरै जन्मिएको त्यस्तै चेतनाको हिसावले यो क्षेत्र अलि पछाडि भएकाले पनि यो हुन गएको हो । अव हामी यस्तो हुन दिदैनौ किनकी अव हाम्रो स्थानीय तहको विकास निकासको लागि हामी आफै लड्छौ अव कसैको मुख ताक्नु पर्दैन, अव हाम्रो योजना केछ त भन्दा करिव दुई वर्ष भित्रमा हाम्रो नगरलाई झिलिमिलि अर्थात विजुली बत्तियुक्त बनाउने प्रतिवद्धता समेत जारी गर्ने चाहान्छौं ।
गाउँ वस्ती तिर गएर जनताका कुरा बुझ्ने हो भने नगरवासी त भैयो भन्ने छ तर नगरपालिका भनेको केहो भन्ने खालको कुरा गर्नुहुन्छ नगरवासी भएरपनी किन नगरवासी हु भनेर अपनत्व हुन सकेन नगरवासीलाई ?
जनताहरुले यो खालको गुनासो गर्नु स्वभाविक नै हो किनकी हामी नगरवासी भएतापनी स्रोत साध र पूर्वाधारले परिपक्क भएका छैनौ सम्भवत यो नगरपालिका अत्यन्तै भौगलिक विकटता र दुर्गम वस्ती रहेको नगरपालिका होला यस्तो अवस्थामा नगरपालिकाको सम्पूर्ण पक्रियाहरु लागु भएका छैन नगरपालिका भैसकेपछी विकासको अनुभुत गर्न पाउनुभएको छैन जनताहरुले त्यसकारण पनि उहाँहरुको मनमा त्यो कुरा उव्जिएको हो । अव हामी सबै मिलेर हामी नगरवासी हौ भनेर अपनत्व हुने खालको विकास निकास र यहाँ भएका स्थानीय स्राेत साधनहरुको व्यापक परिचालन गरेर समृद्ध नगर निर्माणमा अघि जुटेयाैं भने नगर विकासयुक्त बन्छर नगरवासी भएको आभास प्राप्त हुने छ ।
जनताले तपाइलाई जनप्रतिनिको रुपमा निर्वाचित गरेर नगर प्रमुख बनाएका छन । नगर प्रमुखमा निर्वार्चित भएपछी जनतको विचमा जान कत्तिको भ्याउनु भएको छ ?
मैले निर्वाचित हुनु पहिले जनतको विचमा जस्ता खालको प्रतिवद्धताहरु छोडेको थिए त्यो मैले पूर्णरुपमा पुरा गर्ने नसकेको कुरा मैले स्वीकार गर्छु । नगर प्रमुख भएदेखी विशुद्ध नगरपालीकाको आन्तरिक कार्य सम्पादन योजना निमार्ण निर्णय जस्ता कुराले म जनतका विचमा त्यति जान पाएको छैन यसमा मैले स्वम जनता सँग क्षमा समेत मागि सकेको छु र कतिपयक वडाहरुमा जान पाएको छु र नगएको अन्य वडाहरुमा अव निमार्ण हुने सबै खाले विकास निमार्णका कार्यमा मेरो नियमित अनुगमन रहने छ त्यो समयमा जनताहरको साथमा हुने छु उहाँहरु सँग स्थानीय स्तरका विकास प्रगतीका वारेमा छलफल गर्ने छु र भावना पनि साट्ने छु जनताहरु सँग ।
पहिले लाखवाट वजेट विनियोजन हुन्थ्याै अहिले स्थानीय संरचनाको निमार्ण भैसकेपछी बजेट स्वर्गद्वारी नगरपालिकामा ४४ करोड माथि विनियोजन भएको छ , अव अर्काे कुरा के उठ्ने गरेको छ भन्दा अव स्थानीय स्तरमा भ्रष्टाचार मौलाउने भयो भन्ने खालको गुनासो छ यसलाई नगरपालिकाले कसरी लिएको छ ?
राम्रो कुरालाई उठाउनु भयो पहिले लाखमा विनियोजित हुने बजेट अहिले करोडमा भएको छ त्यहाँ भ्रष्टाचार हुने भयो भन्ने जनगुनासो आउनु स्वभाविक कुरा हो तर त्यसो हुदैन किनकी हामीले बजेट विनियोजित गर्दाे जनताको विचमा गरेर त्यहाँको वास्तविक वस्तु स्थिती बुझेर योजना निमार्ण गरि योजना पेश गरेर बजेटहरु विनियोजन भएको छ अर्काे कुरा प्रत्येक वडामा रहनु भएका वडा अध्यक्ष र वडा सदस्यको समिति निमार्ण गरेर विनियोजित रकमलाई सहि ठाउँ अर्थात रकम विनियोजन गरिएको क्षेत्रमा खर्च गर्ने भनेर निर्णय गरिएर मात्र विनियोजन भएको छ , हाम्रो भनाइ र गर्ने काम केहो त भन्दा जनताको लागि विनियोजित भएको जनताको पैसा जनताको माझमा पुगेर खर्च हुनुपछ र नगरपालिकाले प्रत्येक योजनाहरुको नियमित अनुगमन गर्ने कार्यदल समेत बनाएकाले त्यसो हुदैन, हामी विनियोजित रकमलाई दुरुपयोग हुने दिने छैनौ भनेर आम जनता तथा स्थानीयलाई विश्वास दिलाउन चाहान्छु ।
नगरपालिका भैसकेपछी नगरवासीहरुलाई अव करको डायरा फराकिलो हुने भयो हामी दुर्गम भेगका जनताहरु मारमा परिने भैयो भन्ने भन्ने कुरामा जनताहरु अलि आत्तिएको देखिन्छ के हो करको डायरा फराकिलो नै भएको होत ?
पक्के पनी जनताहरु अझै अन्योलमा रहनु भएको छ मैले यस पत्रिकावाट के कुराको प्रष्ट पार्ने चाहान्छु भने हामी केही दिन अघि मात्र नगरपालिकाको कार्यपालिकाको बैठकले करको नयाँ संरचना निर्धारण गरेको छ । यो करको संरचना निमार्ण गर्दा सबै वडाहरुलाई समान रुपमा बनाएका छैनौ दुर्गममा रहेका हाम्रो वडाका क्षेत्रहरुमा केही पनि आयआर्जन नहुने ठाउँमा व्यापार व्यवसाय नभएका भौगलिक हिसावले अत्यन्तै भिराले र उत्पादनका हिसावले न्यून भएका क्षेत्रमा कर हामीले बढाएका छैनौ करको डायरा हामीले फराकिलो कहाँ निर थोरै गराएको छौ भन्दा फेरी त्यति चर्काे हैन केही जस्तोकी उद्योगी, व्यवसायी, यातायात व्यवसायी लागयका विभिन्न व्यवसाय संचालन गरेर बस्नु भएका व्यक्तिहरुको लागि मात्र थोरै फराकिलो पारिएको छ अन्यथा हामीले जनतालाई मार्का पर्ने गरेर करको डायरा धेरै फराकिलो बनाएका छैनौं ।
नगरपालिका भित्र सरकारी सवारी साधन प्रयोगकर्ताहरुले आफ्नो व्यक्तिगत प्रयोजको लागि पनि प्रयोग गरिरहेका हामी देखेका छौं यो केहो ?
यो सरासर गलत कुरा हो मैले मेरो आफ्नो कुरा गर्नुपर्दा म नगर प्रमुख भएतापनी मैले अझैपनी नगरपालिकाको कुनै पनि सवारीका साधनहरु प्रयोग गरेको छैन र सवारी साधन प्रयोग गरिरहेका साथीहरुलाई मैले के निर्देशन गरेको छु भन्दा सरकारी सवारी साधन सरकारी र वडाको काममा मात्र प्रयोग गर्नुस् अन्यथा तपाईको सानो गल्तीले भोली तपाईको असल र सभ्य परिचयमा आँच आउन सक्छ भनेको छु यो कार्य गर्नुहुने साथीहरुलाई मैले निर्देशन गरिसकेको छु ।अर्काे कुरा सरकारी सवारी साधन प्रयोग गर्दा सरकारी कामको काम प्रयोग गरेको भन्ने प्रमाण बनाएर प्रयोग गर्नुपर्दछ त्यसरी व्यक्तिगत कामको लागि सरकारी सवारी साधन प्रयोग गर्ने चाही पाइदैन ।
सरसफाईको क्षेत्रका बारेमा कुरा गर्दा सुन्दर, सफा सुग्घर नगर बनाउको लागि नगरपालिकाले कस्तो खाले पहल गरिरहेको छ ?
यसका लागि हामीले यस बजार क्षेत्रमा रहेका सम्पूर्ण फोहोरलाई व्यवस्थापन गर्नेको लागि ल्यान्ड फिल्ड साइडको जग्गा लिएर निमार्ण गरिसकेका छौ र फोहोरलाई व्यवस्थापन ठाउँ सम्म पु¥याउनको लागि एउटा सवारी साधन ट्याक्टर खरिद गर्ने र यहाँक बजारवासीहरु वाट निश्चित करको व्यवस्था गरेर फोहोर उठाएर ल्याण्ड फिल्ड साइड रहेको क्षेत्र सम्म पु¥याएर फोहोरको व्यवस्थापन गर्ने योजना बनाएका छौं ।
अन्त्यमा के भन्नु हुन्छ
मलार्इ यस तपार्इकाे माडीखवर साप्ताहिकमा अामन्त्रण गरेर यस नगरपालिकाकाे समसायमिक विषयका बारेमा मेरा अाफ्ना विचारहरु राख्न दिनुभएकाे मा तपार्इ लगायत माडीखवर साप्ताहिक परिवारलार्इ हार्दिक धन्यवाद व्यक्त गर्दछु । प्रस्तुती : गाेविन्द विश्वकर्मा
Post a Comment