
सिपि पाैडेल/केन्द्र प्रकाश पिवि
स्वर्गद्धारी असाेज २६ । ६२ औं प्रहरी दिवस विहिवार मूलुकभर विभिन्न कार्यक्रम गरि मनाइएको छ । यस्तै दिवसकै अवसरमा प्यूठानमा पनि सरसफाइ कार्यक्र गरी ६२ अाै प्रहरी दिवस मनाइएको छ । नेपालको सात धाम मध्यको एक धाम मानिने प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी मन्दिर परिसर सरसफाई गरि दिवस मनाएको छ ।

दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय प्यूठानको आयोजनामा विभिन्न संघ स्थाहरु सँग सहकार्यमा कार्यक्रमको आयोजना गरी सरसफाई गरिएको हो ।
प्यूठानका प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममको अध्यक्षता प्रहरी नायव उपरिक्षक राजेन्द्र पोख्रेलले गर्नुभएको थियो । भने कार्यक्रमका विशेष अतिथी नगर प्रमुख नेत्र बहादुर रोकाय रहनु भएको थियो ।

सरसफाई कार्यक्रममा अन्य अतिथीहरु स्वर्गद्वारी नगरपालिकाका उपमेयर गोमा रेग्मी, कार्यकारी अधिकृत तुल्सीराम गैरै, वडा नं २ का वडा अध्यक्ष मिनराज राना, वडा नं ४ का वडा अध्यक्ष शुरेन्द्र हमाल, वडा नं ६ का वडा अध्यक्ष गिर बहादुर गुरुङ्ग, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, मन्दिरका गुरुकुल पाठशालका गुरु, स्थानीय समाजसेवी बुद्धिजीवी, लगायत संचारकर्मी पत्रकार सुरक्षाकर्मी लगायत विभिन्न तह र तप्काका व्यक्तिहरुको उस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति सुरक्षामा काम गर्ने प्रहरीले सरसफाईमा पाइला चालेकामा सह धन्यवाद प्रकट गर्दै नगरपालिका र मन्दिर व्यवस्थापन पक्षलाई मन्दिरलाई सफा सुग्घर राख्नको लागि ध्यानआर्कष गराउनु भएको थियो ।
यस्तै कार्यक्रमै बोल्दै विशेष अतिथी नगर प्रमुख रोकायले सरसफाई सम्बन्धि यस्ता कार्यक्रमले स्वर्गद्वारी नगरपालिकालाई सरसफाईको क्षेत्रमा प्रगती गर्ने र नगर क्षेत्रलाई सरसफाई गर्नु पर्छ भन्ने सकरात्मक सोचको विकास भएको बताउनुभयो ।
सरसफाई कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति प्रहरी नायव उपरिक्षक पोख्रेलले नेपालकै प्रसिद्ध धार्मिक स्थल रहेको क्षेत्रमा सरसफाई र दर्शन गर्नु सौभग्यको कुरा भएको बताउदै सम्पूर्ण समाजलाई सरसफाइमा राम्रो शन्देश दिन यो कार्यक्रमको आयोजना गरिएको र स्थानीयले पनि यसमा चासो देखाउन आग्रह गर्नुभएको थियो ।
| सरसफार्इ अभियानमा सहभागि भएका टाेलीहरु |
Post a Comment