प्यूठान असाेज २३ । नेपाली लोकदोहोरी गीत संगीतहरु नेपाली डिजिटल बजारमा एकपछि अर्काे दिन प्रति दिन सार्वजनिक हुने क्रम अत्याधिक मात्रामा रहेको छ । पहिलेको अडियोको जमाना भन्दा पनि अहिलेको डिजिटल बजारमा धेरै गीत संगीतहरु उत्पादन र सृजना हुने र गाइने गरेका छन ।
लोकदोहोरी गायक गायिका बन्नका लागि रातारात दौढ धुप चलिरहेको छ । पहिले हातका औलामा गन्ने सिमित कलाकाहरु हुन्थ्य भने अहिले धेरै भन्दा धेरै जो गणामा समिति छैनन् अर्थात गणना गरेर गर्ने सकिने संभावना छैन ।
त्यति धेरै कलाकारहरु जन्मिएका छनकी । लगभग अव सुन्ने भन्दा गाउँनेको संख्या धेरै भन्ने स्थितिको निमार्ण भएको छ । कलाकारीता क्षेत्रमा लागेर जिवन धान्न त चुनौती छ भन्ने कुरा सबैलाई विधितै छ । तर पनि कला क्षेत्रमा प्रवेश गर्नेहरुको जमात धेरै छ ।
हो यहि जमात अन्तरगत आफूलाई लोकदोहोरी गीत संगीतमा गायको क्षेत्रवाट आफ्नो भविष्य खोज्नको लागि लोक संगीत प्रेमी मन लिएर सांगीतिक सागरमा आएका छन रोल्पाली नवोदित लोक तथा दोहारी गायक एच पि मगर ।
जो आफ्नो पहिलो सांगीतिक कोसेली (फूलको बास्नाले) नामक धमाकेदार गीत लिएर दर्शक श्रोता माझ हाजिर भएका छन । लोकदोहोरी गीत संगीको क्षेत्रमा गायक विधामा आफूलाई स्थापित गर्नेको लागि उक्त गीत बजारमा लिएका छन ।
लोकदोहोरी गायक सर्जक तथा पत्रकार गोविन्द विश्वकर्मामाको शब्द संगीत रहेको गीतमा स्वर भने पछिल्लो पुस्ताकी बहुचर्चित गायिका सम्झना लामिछाने मगर र एच पि मगरको सुमधुर आवाज रहेको गीतको एरेन्ज अहिलेको चर्चित अनि वेस्त संगित संयोजक कृष्ण विकले गर्नुभएको छ ।
नेपाली लोकदोहोरीको क्षेत्रमा दर्शक श्रोताले अत्यन्त रुचाउनु भएका नायिका रिना थापा मगर र सञ्जीव ठकुरीको बेजोड नृत्य रहेको छ । बाँशु बरालल छयाँकनमा तयार भएको म्यूजिक भिडियोको निर्देशन दबेन्द्र पाण्डेल गर्नु भएको छ । यस्तै भिडियाेकाे सम्पादन अनुप शिवाकाेटीले गर्नु भएकाे हाे ।
सम्पूर्ण संगीत प्रालिले डिजिटल बजारमा सार्वजनिक गरेकाे गीत (फूलकाे बास्नाले) सबै दर्शक श्रोताको म जितोस् भनि हार्दिक शुभकामना व्यक्क्त गर्दछौैं ।
भिडियाे हर्नुहाेस्
मन मेराे भूलेेकाे तिमी हाँस्नाले भनेपछी चर्चित माेडल रिना थापाले (भिडियाे सहित हेर्नुहाेस्)
Swargadwari Online
0
Comments
Post a Comment