Header Ads


चर्चित द्वन्द निर्देशक हिमाल के .सी निर्देशित फिल्म ‘’पिंजडा ब्याक अगेन’’को पहिलो गीत सार्वजनिक भएको छ ।सार्वजनिक ‘’कु. कु. कु. . .’’ बोलको गीतमा एक्सन अभिनेता निखिल उप्रेती र अभिनेत्री सारा सिर्पालीको दमदार नृत्य देख्न सकिन्छ ।

हत्तपत्त गीतहरुमा कम्मर नमर्किने निखिलको यस गीतमा भने निकै कम्मर मर्किएको छ । बरिष्ठ संगीतकार राजनराज सिवाकोटीको शब्द तथा संगीत समावेश गीतले नेपालको संस्कृति झल्काउने किसिमको शब्द चयन गरिएको छ ।

गायिका अन्जु पन्त र गायक राजन कै स्वर रहेको गीत, एकदम क्याची छ । रामजी लामिछानेको करियोग्राफी रहेको यस गीतलाई सौरभ लामाले खिचेका हुन् । रोहित पुरी , चन्द्र बहादुर क्षेत्री , सुशान्त श्रेष्ठको लगानीमा बनेको यस फिल्ममा निखिल र सारासंगै सुष्मिता केसी, पुकार भट्टराई,ज्याक श्रेष्ठ, भोला सापकोटा, बिना थापा र बाल-कलाकार कुशाग्र भट्टराई लगायतको मुख्य भूमिका छ ।

माघ ४ गते प्रदर्शन हुने यस फिल्ममा मौनता श्रेष्ठको कथा, सौरभ लामाको छायांकन, राजनराज, अर्जुन पोख्रेल, बसन्त सापकोटाको संगीत, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन समावेश छन् । श्रीराम बरालको प्रस्तुति फिल्मलाई बि.यम् कम्पनि र एफ डी कम्पनिले डिस्ट्रिब्युट गर्ने भएको छ । भिडियाे

Post a Comment

Previous Post Next Post