
गिता भेटुवालको निर्माणमा बन्न लागेको चलचित्र ‘अनुराग’मा नायक फिक्स भएका छन। केहि समय अगाडी दिपक घिमिरे पल साह लगाएतका नायकहरुको नाम जोडीए पनि यी सब हल्लाह जस्तै भयो।अब भने चलचित्रमै पहिलो पटक डेब्यु गर्दै नायकको भूमिकामा समुन्द्र पण्डित आउने भएका छन।आज लक्ष्मी पुजाको दिनको अवसर पारेर चलचित्र “अनुराग”को टिम दक्षिणकाली पुगी स्क्रिप्ट पुजा गरेका थिए।

चलचित्रका निर्देशक सत्यराज चौलागाई,नायिका एलिजा गौतम,नायक समुन्द्र पण्डित,निर्मात्री गीता भेटवाल,संगीतकार सरोज पोख्रेल,कलाकार ठीलेन लामा,निर्माण नियन्त्रक नविन पुरी,ब्यबस्थापक दिपक गौतम लगाएतका टिम दक्षिणकाली पुगेका थिए।
चलचित्र अब यही आउने २३ गतेबाट छायांकनमा जाने जानकारी चलचित्र “अनुराग”का निर्देशक सत्यराज चौलागाईले बताए।चलचित्रमा रामकुमार केसीको छायांकन, ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र अगत केसीको पटकथा तथा संवाद रहेको छ।एलिजा बरिष्ठ पत्रकार ऋषि धमलाकि पत्नी हुन्।
.

Post a Comment