Header Ads


गाेविन्द विश्‍वकर्मा प्यूठान कार्तिक ०२ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रदेश र प्रतिनिधि सभाकाे चुनावलार्इ अझै सशक्त रुपले खारेज गरिने बताउनुभएकाे छ । प्यूठानमा भएकाे पार्टी प्रशिक्षण कार्यक्रममा बाेल्दै महासचिव विप्लवले यस्ताे बताउनु भएकाे हाे ।
महासचिव विप्लवलार्इ स्वाग गर्दै प्यूठानका इन्चार्ज र सेक्रेटरी
याे चुनाव पनि संसदवादी दलहरुकाे ठगि खाने लाइसेन्स भएकाले यसकाे भण्डाभाेर गर्ने सम्पूर्ण कार्यकर्तालार्इ निर्देशन समेत गनुभएकाे छ । साथै उहाँले दलाल संसदीय व्यवस्थमा भ्रममा नपरी सम्पूर्ण जनताहरुलार्इ एकिकृत जनक्रान्तिकाे कार्यदिशामा लाग्नकाे लागि अपिल गर्नुभएकाे थियाे । यसैवीच सबै नेता तथा कार्यकर्तालार्इ सच्चा कम्युनिष्ट बनेर देश जनता र राष्टकाे भलार्इका लागि जुट्न र बैज्ञानीक समाजवाद निर्माणकाे लागि अा अाफ्नाे ठाउँवाट निश्‍वार्थ भावनाले लाग्नकाे लागि अनुराेध गर्नुभएकाे थियाे र त्याे कुरा संम्भव भएकाे बताउनुभएकाे थियाे । फरक प्रसंगमा बाेल्देै महासचिव विप्लवले एकिकृत जनक्रान्ति भनेकाे जनताका दलाल भ्रष्टाचारीहरुलार्इ जनताद्धारा गरिने कार्वाहि नै एकिकृत जनक्रान्ति भएकाे स्पष्ट पार्नुभएकाे थियाे भने कार्वाहीकाे प्रक्रिया देशव्यापी रुपमा चलिरहेकाे बताउनुभयाे ।

Post a Comment

Previous Post Next Post