Header Ads


गाेविन्द विश्‍वकर्मा कार्तिक ०७ । इलाका प्रहरी कार्यालय भिंग्रीमा नयाँ प्रहरी प्रमुख घनश्याम केसी आउनु भएको छ । इलाका प्रहरी कार्यालय लुङ बाहाने प्यूठानमा दरवन्दी रहेको र अहिले कार्यालय प्रमुखको रुपमा यस स्वगद्वारी नगरपालिका भिंग्रीमा रहेको इलाका प्रहरी कार्यालयमा प्रहरी नायव निरिक्षक केसी खटेर आउनु भएको हो ।
प्रहरी नायव निरिक्षक केसीले इलाका प्रहरी कार्यालय भिंग्रीमा आइसकेपछी परिचयात्मक कार्यक्रमको समेत आयोजना गर्नुभएको थियो । मंगलवार इ.प्र.का. भिंग्रीको कार्यालयमा आयोजना गरिएको परिचयात्मक कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख नेत्र बहादुर रोकाय, उपप्रमुख गोमा रेग्मी, अन्य वडाका जनप्रतिनिधीहरु, स्थानीय राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, व्यापारी, व्यवसायी, समाजसेवी, बुद्धिजीवि, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी नायव निरिक्षक घनश्याम केसीले आफू खटिएको क्षेत्रमा शान्ति सुरक्षा अमनचयन कायम गर्नेको लागि कुनै पनि कसुर बाँकी नराख्ने बताउनु भएको थियो । साथै उहाँले सुरक्षाको अनुसुची नम्वर १ मा रहेका फौजदारी अभियोग, कर्तव्य ज्यान लगायतका मुद्धाहरु बाहेक अरु सबै मुद्धा हेर्ने अधिकारको प्रत्योजन सरकारले स्थानीय तहलाई गरेका हुनाले कुनै पनि मुद्धालाई स्थानीयका जनप्रतिनिधिहरुले हेर्नुपर्ने बताउनु भएको थियो ।
यसैवीच केसीले प्रहरी मेरो साथी मात्र नभएर अव प्रहरी टोल टोलमा भन्ने अभियान भएकाले अव प्रहरी शान्ति सुरक्षाको लागि शहर केन्द्रित मात्र नभएर गाउँ बस्ती टोलमा पुग्ने बताउनुभयो । उहाँले शान्ति सुरक्षा कायम गर्नको लागि प्रहरीको मात्र एक्लो प्रयासले नहुने हुँदा यहाँका स्थानीय जनप्रतिनिधी, राजनीतिक दल लगायतका सबैको सहयोग आवश्क पर्ने हुदाँ सहयोगको अपेक्षा गरेको समेत बताउनुभएको थियो ।
कार्यक्रममै बोल्नै बक्ताहरुले इलाका प्रहरी कार्यालय भिंग्रीमा पहिले गाडी भएको तर अहिले नभएको हुँदा पुनः गाडी ल्याउने पर्ने माग राखेका थिए भने यस इप्रकाकोे स्तर वृद्धि गरेर “क” श्रेणीको इ्रप्रका बनाउनु पर्ने त्यसैगरी कार्यालयको लागि स्थाई टेलिफोन नभएकाले तत्काल व्यवस्था गरिनु पर्ने माग राखेका थिए ।
कार्यक्रममको बारेमा केही बोल्दै नगर प्रमुख नेत्र बहादुर रोकायले यहाँ रहेका अर्थात इप्रका भिंग्रीमा उत्पन्न समस्या र यहाँ अभाव भएका स्रोत साधनको वारेमा नगरपालिकाले समन्वय गर्ने बताउनुभएको थियो ।

Post a Comment

Previous Post Next Post