Header Ads



गाेविन्द विश्‍वकर्मा स्वर्गद्धारी असाेज २९ । कम्युनिष्ट आन्दोलनको क्षेत्रमा लामो समय देखि अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएका एक जुझारु यूवा नेता भीम राना मगरको उपचारको क्रममा आइतवार भैरहवाको रानीगाउँ स्थित मेडिकल कलेजमा ३१ वर्षको अल्प आयुमा निधन भएको छ ।
रानाकाे पार्थिव शरिरलार्इ कम्युनिष्ट पार्टीकाे झण्डा अाेडाएर अन्तिम श्रद्धाञ्जली दिदै नेकपा मसालका महामन्त्री माेहन विक्रम सिह

नेकपा मसाल निकट नेपाल युवक संघका केन्द्रीय सदस्य एवं प्यूठान जिल्ला अध्यक्ष को जिम्मेवारी निर्वाह गर्दै आउनु भएको थियो । केही दिन अघि स्वास्थ्यमा अकस्मात समस्या देखिएपछी उहाँलाई उपचारको लागि भैरहवा पठाइएको थियो ।
उहाँलाई मेडिकलले मृत घोषणा गरिएपछी पार्थिव शरिरलाई गृह जिल्ला प्यूठानमा लिएको थियो । पार्थिव शरिरलाई श्रद्धाञ्जली दिनको लागि दाहासँस्कार स्थल नजिकै श्रद्धाञ्जली सभाको आयोजना समेत गरिएको थियो ।
रानाकाे पार्थिव शरिरलार्इ कम्युनिष्ट पार्टीकाे झण्डा अाेडाएर अन्तिम श्रद्धाञ्जली दिदै नेकपा मसालका महामन्त्री माेहन विक्रम सिह

रानाको पार्थिव शरिर माथी नेपाल कम्युनिष्ट पार्टीका महामन्त्री मोहन विक्रम सिंहले कम्युनिष्ट पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । श्रद्धाञ्जली सभामा पार्टीका विभिन्न केन्द्रीय पदाधिकारी तथा पार्टी निकट विभिन्न भातृ संगठन अन्य पार्टीका प्रतिनिधि आफन्तजन इष्ट मित्र लगायतको उस्थिती रहेको थियो ।
श्रद्धाञ्जली सभामा बोल्दै राष्ट्रिय जनमोर्चा राप्ती लुम्वीनी क्षेत्रका संयोजक बोम बहादुर खत्रीले भीम रानाको निधले आफ्नो पार्टी संगठनले एउटा सिंगो माडी एरियाको होनाहार जुझारु, लगनशिल, मिलनसार, कर्मठ, र क्रान्तिकारी यूवा हस्ती गुमाएको बताउनुभएको थियो ।
श्रद्धाञ्जली अर्पण गर्दै अाफन्तहरु

खत्रीले भीम रानाले कम्युनिष्ट आन्दोलनको क्षेत्रमा अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै पार्टी र पार्टी भित्र रक्तिम कलाकारहरुको नेतृत्व समेत गरेको बताउनुभयो ।
साथै खत्रीले भीम रानाको निधले आफ्नो पार्टी र नेतृत्व पंक्तिमा अतुलनिय क्षति पुगेको बताउदै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।
श्रद्धाञ्जली सभा कार्यक्रम पछी रानाको सवलाई रोल्पा र प्यूठान जिल्लाको संगम स्थल चर्तुभुजमा अन्त्यष्टी गरिएको छ ।








बुबालार्इ दाग बत्ति दिदै जेठाे छाेरा सुमन

सबकाे अन्त्येष्टी गर्ने चितामा राख्दै



रानाकाे अन्तिम श्रद्धाञ्जलीका लागि श्रद्धाञ्जली तस्वीर

Post a Comment

Previous Post Next Post