गाेविन्द विश्वकर्मा स्वर्गद्धारी, प्यूठान । वि.स. २०४१ साल असोज १५ गते बुवा नर वहादुर राना र आमा विनसरी रानाको कोखवाट कम्युनिष्ट नेता भीम राना जन्मनु भएको थियो । २०७४ साल असाेज २९ गते अाइतवारका दिन विहान करिव विहान ६ बजे तिर भैरहवाकाे रानीगाउँ स्थित मेडिकल कलेजमा उहाँकाे उपचारकाे क्रममा अपकल्पनिय निधन भएकाे छ ।प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं. २ साविकको स्वर्गद्वारी खाल गाविस वडा नं १ धनवाङ्गमा उहाँको जन्म भएको हो ।
राना ४ भाइ एक बहिनी मध्य बुबा आमाका साहिलो छोरा हुनुहुन्थ्यो । अत्यन्तै लगनशिल कर्मठ जुझारु, मिलनसार इमान्दार र सामाजिक भावनाले भरिपूर्ण उहाँको जीवन शैली सधै सामान्य र सरल रहने गथ्यौ सबै सँग घुलमिल गर्ने बैचारीक विचारहरुलाई बहसमा ल्याउने सामाजिक कामको लागि सधै अग्रसर रहने उहाँको स्वभाव रहेको थियो ।
ग्रामिण भेगको विकट बस्तीमा जन्मिनुभएका रानको बाल्यकाल साधारण नै रह्यो सधै कामप्रती जिम्मेवार नेतृत्वदायी भूमिका लागि कम्बर कस्ने रानको व्यक्तिगत व्याभारको कुरा गर्दाे सादा जीवन उच्च विचारको भावना राख्ने व्यक्तिको रुपमा रहनुभएको थियो ।
सामान्य खानपिन देशले मलाई के दिन्छ हैन देशलाई मैले के दिन सक्छु भन्ने खालको विचार राख्ने सधै समाजिक कामप्रति सक्रियता देखाउने उहाँको बानी नै थियो ।
विद्यार्थी राजनीतिमा लामो समय अनुभव बटुलि सकेका रानाले राजनीतिक आन्दोलको रुपमा थुप्रै उतारचढाव आरोह अवरोह पार गर्दै आउनु भएको थियो ।
विद्यार्थी राजनीति रक्तिम परिवारको नेतृत्व हुदै उच्च तहको नेतृत्वमा आइपुग्नु भएका रानाले आफूलाई पार्टीले दिएको जिम्मेवारीको कुशलतापूर्वक निर्वाह गर्दै आउनुभएको थियो ।
पार्टीको विचार , कार्यक्रम, नीतिहरु जनता सामु लैजान संगठन निमार्ण गर्ने र जनता सँगको भलाकुसारीको लागि सधै सक्रिय देखिने यूवा नेता भीम राना यूवाहरु मात्र नभएर सबै व्यक्तिको सामु लोकप्रीय र आशाको केन्द्रको रुपमा प्रस्तुत हुने गरको थिय ।
कम्युनिष्ट विचार धारावाट प्रभावित भएर कम्युनिष्ट आन्दोलनमा सहभागि हुन पुग्नु भएका रानाले छोटो समयमै कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भुमिका निर्वाह गरिसक्नु भएको छ ।
उहाँले प्राप्त गरेको औपचारिक शिक्षा
युवा नेता भीम राना चार वर्षकै उमेरवाट श्री पृथवी ने.रा. प्रावि धनवाङ्गमा भर्ना भई आफ्नो औपचारीक शिक्षाको सुरुवात गर्नुभएको हो । साथै उहाँले श्री बाल संस्कृत मावि धरमपानीवाट २०५९ सालमा एस.एल.सी.पास गर्नुभएको थियो ।
२०६२÷०६३ तिर केही समय उहाँले बुटवल बहुमुखी क्याम्पसमा पनि अध्ययन गर्नु भएको थियो भने सुर्याेदय उच्च मावि मसिना रोल्पावाट प्लस टु पास गर्नुभएको हो ।
भिम रानाले शिक्षक भइ समाजको सेवा गर्नुभएको थियो । बाल सँस्कृत माधयमिक विद्यालय धरमपानीमा अध्यापन समेत गर्नुभएको हो भने हाल प्यूठान स्वर्गद्वारी एकेडेमीका प्रिन्सिपल भएर कार्यरत हुनुहुन्थ्यो
राना अत्यन्त सामाजिक सेवाभाव बोको एक उदाहरणीय व्यक्ति हुनुहुन्थ्यो उहाँले सामाजिक कार्यकै शिलशिलामा श्री पृथ्वी प्रावि धनवाङ्गको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भई काम समेत गरिसक्नु भएको थियो ।
रानाको पार्टी संगठन
२०५५ सालमा रक्तिम साँस्कृतिक अभियानमा अवद्ध भई आफ्नो साँगठनिक जीवनको सुरुवात गर्नु भएको थियो रक्तिम साँस्कृतिक अभियानको जिल्ला सदस्य सम्म रही काम गर्नुभएको थियो २०५६ मा बाल सँस्कृत मावि धरमपानीमा अ.ने.रा. स्व. वि. यु. छैठौको इकाई अध्यक्ष भई २०६५ देखि २०६८ सम्म उहाँ अ.ने.रा. स्व. वि.यु ‐छैठौ)को प्यूठान जिल्ला अध्यक्ष रही काम गर्नुभएको थियो । जिल्ला उपाअध्यक्ष भई काम गर्नुभएको थियो २०६३ फागुनमा सम्पन्न अ.ने.रा. स्व.वि.यु छैठौ को १६औ राष्ट्रिय सम्मेलनवाट उहाँ राष्ट्रिय परिषद् सदस्य बन्नु भएको हो ।
२०६४ तिर उहाँ छैठौको केन्द्रीय समितिमा नियुक्त हुनु भएका । राना छैठौको सचिवालय सदस्य समेत भइ काम गर्नुभएको थियो । २०६८ मा राना अखिल नेपाल युवक संघको केन्द्रीय सदस्यमा नियुक्त हुनु भएको थियो ।
अहिले सम्म पनि रानाले अखिल नेपाल युवक संघको केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला अध्यक्ष एवम् केन्द्रीय साँस्कृतिक विभाग प्रमुख रही काम गर्दै आउनु भएको थियो ।
पार्टी – भीम रानाले वि.स.०६१ चैत्र २५ गते नेपाल कम्युनिष्ट पार्टी मसालमा प्रवेश गरी वि.स. ०६३ पौष १५ गते उहाँले नेपाल कम्युनिष्ट पार्टी समालको सदस्यता प्राप्त गर्नुभएको थियो उहाँको पार्टी भित्र भुमिगत नाम प्रशान्त शेरचन थियो ।
नेकपा मसाल स्वर्गद्वारी नगर कमिटीको सदस्य तथा वडा नं २ को सेक्रेटरी रहनु भएका रानाले कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याउदै आउनु भएको थियो ।
पारिवारिक आवस्था– बाजम प्यूठानवाट केशरी पुन संग बैवाहिक जीवनमा बाधिनु भएको थियो । उहाँका अहिले दुई छोराहरु सुमन र सुदीप रहेका छन ।
भीम राना पार्टीको संगठन सामाजिक कार्यमा निरन्तर खटिरहने एउटा असल सामाजिक भावना भएका क्रान्तिकारी मिलनसार, इमान्दार व्यक्तित्व हुनुहुन्थ्यो देश, समाज पार्टी परिवर्तन र क्रान्तिका लागि आवश्वक रहीरहने व्यक्ति हुनुहुन्थौ ।
उहाँ विरामी भएपछी
भैरहवा रानीगाउँ स्थित मेडिकल कलेजमा उपचार गर्न लागिएको थियो उपचारको क्रममा २०७४ असोज २९ गते आइतवार कम्युनिष्ट अान्दाेलन यूवा अाफन्त उहाँको अकल्पनीय दुःखद् निधन भएको हो ।
Post a Comment