असोज २८ प्यूठान । सवारी साधनको वढ्दो चांपसंगै सुरक्षित रुपमा साना सवारी साधन सञ्चालन गर्ने विषयमा आज स्वर्गद्धारी सार्वजनीक यातायात व्यवसायि समितिले छलफल कार्यक्रम सम्पन्न गरेको छ।
समिति, ट्रफिक प्रहरी, यातायात व्यवसायी, यातायात मजदुर र सरोकारवाला विचको छलफल कार्यक्रममा समितिका महासचिव चन्द्रमान श्रेष्ठले सुरक्षित र व्यवस्थित रुपमा यातायात सेवा सञ्चालन गर्न र ट्राफिक नियमको अनिवार्य पालना गर्न यातायात व्यवसायी, चालकहरुलाई निर्देशन दिनुभयो।
‘लामो समयदेखि हामिले उपत्यका देखि विकट वस्तिसम्म यातायात सेवा प्रवाह गर्दै आएका छौं’ महासचिव श्रेष्ठले भन्नुभयो ‘हाम्रो सेवालाई अझै सुरक्षित र व्यवस्थित गर्ने कुरामा जोड दिनुपर्छ। त्यसैले तपाईहरुले ट्रफिक नियम अनिवार्य पालना गर्नुका साथै यात्रु तथा पैदल यात्रुको अधिकारलाई विशेष ध्यान दिनुहोस्।’ उहाँले ट्राफिक नियम पालना गर्नु सवारी चालकको अनिवार्य कर्तव्य भएको भन्दै नियम उल्लंघन गर्ने र लापरवाही गर्ने कसैको पक्षमा संस्था नउभिने बरु यात्रु र सर्वसाधारणको हितको निम्ति काम गर्ने वताउनुभयो।
ईलाका प्रहरी कार्यालय विजुवारका प्रमुख गोवद्र्धन थापाले पछिल्लो समयमा साना सवारीको संख्या वढेसंगै जनतालाई सहज भएको भएपनि सवारीकोे गति र यात्रुलाई गर्ने व्यवहारको विषयमा केहि गुनासो आएकाले त्यसमा तत्काल सुधार गर्न व्यवसायिलाई सुझाव दिनुभयो। ट्राफिक नियमले व्यवासायि र सेवाग्राहिलाई नै सुरक्षित गर्ने भन्दै थापाले ट्राफिक नियम उल्लंघन गर्ने जो कोहिपनि कारवाहिको भागेदार हुने वताउनु भयो।
म्याजिक सेवा सञ्चालन भएसंगै वाग्दुला, विजुवार, जुम्रि, क्वाडि, चकचके, भिंग्रीका सर्वसाधारणलाई सहज भएको छ। छोटो दुरीमा यात्रा गर्ने यात्रुलाई लामो समयसम्म सवारी साधन कुर्नुपर्ने झन्जट घटेको हो।
गाैमुखी यातायात मजदुर संगठनका अध्यक्ष प्रलाह्दभक्त श्रेष्ठले हरेक यातायात मजदुरले यात्रुसंग सम्मानजन व्यावहार गर्नुका साथै ट्राफिक नियमको अनिवार्य पालना गर्नुपर्ने वताउनु भयो।
सवारी चालकहरुले वैंक र पसल अगाडि गरिने अव्यवस्थित पार्किङले आफुहरुलाई समस्या पर्ने गरेको गुनासो प्रहरी समक्ष गरेको स्वर्गद्धारी सार्वजनीक यातायात व्यवसाययी समितिका प्रेस सल्लाहकार हरि भण्डारीले जानकारी दिनुभयो।
Tags
News
Post a Comment