
गाेविन्द विश्वकर्मा प्यूठान । पछिल्लो समय एकपछि अर्काे गीत संगीतमा सयुक्त देखिन थालेका छन गायक मोहन खड्का र गायिका सन्ध्या बुढा । यी दुई जोडीको सहकार्य दुबैलाई फापेको पनि प्रष्ट देखिन्छ प्रत्येक संगीत सहकार्यको सफलताले । दुई संगीतकर्मी खड्का र बुढाले बजारमा सार्वजनिक गरेका गति संगीत दर्शक श्रोताले अत्यन्तै रुचाउने पनि गरेका छन ।
मेरी आमा म्यूजिक प्रालिलेको प्रस्तुतीमा बजारमा आएको लोक पप गीत मायाँ हिडेको बाटो नामक गीत पनि डिजिटल बजारमा दिन प्रतिदिन लोकप्रीय बन्दै गैरहेको छ । मोहन खड्का र सन्ध्या बुढाको संयुक्त प्रस्तुती रहेको यस लोक पप गीतमा स्वर पनि मोहन खड्का र सन्ध्या बुढाको नै रहेको छ ।
मोहन खड्काको शब्द संगीतमा तयार पारिएको यस लोक पप गीतमा अभिनय चर्चित मोडल सम्पदाँ बानिया र विमल अधिकारीले गर्नुभएको छ ।
चर्चित निर्देशक कपिल लामाले निर्देशन गर्नुभएको यस म्यूजिक भिडियोको छयांकन राजेश घिमिरेले गर्नुभएको छ भने सम्पादन अमर शाक्यले गर्नुभएको हो ।
गीतले अझै दर्शक श्राेताकाे मन जित्न सफल बनाेस् शुभकामना । भिडियाे
Post a Comment