
गाेविन्द विश्वकर्मा प्यूठान । नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा एकपछी अर्काे गीत बजारमा सार्वजनिक हुने माहोलमा सुरज रावलको अत्यन्तै वियोगान्त भाका डिजिटल बजारमा सार्वजनिक भएको छ । वन बे फिल्मस् प्रालिकाे प्रस्तुतीमा दिलको रोगी नामक गीति कोसेली डिजिटल बजारमा सार्वजनिक भएकाे छ ।
पछिल्लो समय अत्यन्तै रुचाइएका लोकप्रीय गायक मेक्सम खाती क्षेत्री र योजना अधिकारीको सुमधुर स्वरमा सजिएको यस गीतको शव्द सृजना शरद पाण्डेले गर्नुभएको हो भने संगीत चर्चित संगीतकार तथा गायक ऋषि खड्काले गर्नुभएको छ ।
अत्याधिक दर्शकको रोजाइमा पर्न सफल मोडल सारिका केसी र सुरज रावलको कारुणिक अभियन रहेको यस म्यूजिक भिडियोको निर्देशन पछिल्लो समयका चर्चित व्यस्त एवं सफल निर्देशक विक्रम चौहानले गर्नुभएको छ ।
कुशल छायांकार बासु बरालले खिच्नुभएको यस म्यूजिक भिडियोको सम्पादन मिलन बि.क.ले गर्नुंभएको छ ।
अत्यन्तै मिठो अनि मार्मिक बनेर बजारमा आएको यस गीत दिलको रोगीले सबै खाले दर्शक श्रोताको मन जितोस् हार्दिक शुभकामना व्यक्त गर्दछौं । भिडियाे
Post a Comment