Header Ads

काठमाडौं । सौगात मल्ल र अभिनेत्री वर्षा राउतको अनस्क्रिन रोमान्स रहेको चलचित्र ‘मेरो पैसा खोइ’ कात्तिक ९ गते प्रदर्शन हुने लगबग पक्का भएको छ । “करिब करिब कात्तिक ९ गते रिलिज गर्ने पक्का भएको छ । कुनै प्राविधिक कारण आइपरेन भने यही मितिमा चलचित्र रिलज हुनेछ,” निर्देशक तथा निर्माता समेत रहेका रोज राणाले भने ।

पोस्टप्रोडक्सनमा हरेको चलचित्रको डविङ अन्रितम चरणमा पुगेको राणाले बताए । “एक पटक गरेको डविङ उडेकाले ढिलो भएको हो,” राणाले सुनाए । उनका अनुसार आगामी साता ट्रेलर र गीत सार्वजनिक गरिने छ ।

चलचित्रमा सौगात र वर्षाको साथै छुल्ठिम गुरुङ, प्रमोद अग्रहरी, बुद्धि तामाङ, रविन तामाङलगायतका कलाकारले अभिपन गरेका छन् । निर्देशन गर्दागर्दै भारतीय निर्देशक विवेक शर्मा भागेपछि ‘मेरो पैसा खोइ’ राणा आफैंले निर्देशन गरेका हुन् ।

Post a Comment

Previous Post Next Post