Header Ads

तस्वीर : पदम प्रसाद पाेख्रेल
पदम प्रसाद पाेख्रेल भाद्र २९ प्यूठान । गएराति महेन्द्रनगरबाट प्यूठान अाँउदैगरेकाे ना.३ ख.६४०२ नंबरकाे बसमा सवार डामृका ५० बर्षिय शिरा बहादुर गिरी,ताेवाङका ३३ बर्षिय फत्ते बहादुर पून त्यस्तै अर्खाका दिपेन्द्र राना अज्ञात समुहद्वारा पाखापानिमा अासपासमा लुटपाटमा परेका छन् । भारतका विभिन्न क्षेत्रबाट धन कमाएर चाडपर्व मनाउन घर फर्केका नेपालीहरुकाे अज्ञात समुहले घातक क्यामिकल सुँघाएर बेहाेस पारी उनिसँग भएकाे नगद तथा अन्य महत्त्वपूर्ण सबै समाग्री लुटपाट गरेकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । बेहाेस पिडीतहरुमध्य दुई जनाकाे अांसिक रुपमा हाेस खुलेको छ भने अन्य एकजना अझै बेहास अवस्थामा रहेका छन् । पिडीत घाइते हरुकाे स्वर्गद्वारी लाईफ केयर हस्पिटल बाग्दुलामा उपचार भइरहेको छ ।
तस्वीर : पदम प्रसाद पाेख्रेल

Post a Comment

Previous Post Next Post