Header Ads

गाेविन्द विश्‍वकर्मा स्वर्गद्धारी असाेज १२ । वर्षहरुमा जस्तै महाअष्ठमीका दिन लाग्दै आएको रोल्पा जिल्ला सुवर्णावती त्रिपुरेश्वरी मन्दिरमा विहिवार पनि हजारौ भक्तजनहरुले पुजापाठ गरी बोका, रागाँको बलि दिएका छन ।
४ हजार भन्दा बदिको संख्यामा मन्दिरमा भक्तजनहरुको घुँइचो लागेको थियो । हरेक हप्ताको मंगलवार र शनिवार पनि देवि पुज्ने गरियता पनि आज दिनमा अलि धेरै भक्तजनहरुको लर्काे लाग्ने गर्दछ ।

महाअष्टमीको अवसर पारेर १ सय ७५ भन्दा वढि बोका, २३ वटा राँगाको बलि दिएको छ भने ५ सय भन्दा बढि परेवाहरु भक्तजनहरुले उडाएका छन ।
२०३४ साल देखि मन्दिर व्यवस्थापन समितिको निर्माण गरेर यस मन्दिरको स्तर उन्तिको लागि लागि परेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिहं भारतीले भन्नुभयो ।
पहिले पहिले गाउँलेहरु सबै मिलेर एउटा बोका उठाएर चढाउने गरिएता पनि अहिले भन्ने धेरैले टाढा टाढा वाट समेत आएर यहाँ पाठपूजा, दर्शनका साथै बलि दिने गरेको भारतीले बताउनुभयो ।
मन्दिरको भौतिक निमार्ण पहिले नभएता पनि अहिले यहाँ आउने गरेका भक्तजनहरुले चढाएको रकम संकलन गरेको मन्दिरको भौतिक पक्षहरुको केही सुधार गरिएको र राज्य पक्षवाट पनि थोरै धेरै सहयोग प्राप्त भैरहेको मन्दिर व्यवस्थापन समितिका एक पदाधिकारी बताउनुहुन्छ ।
बलि दिने प्रथा आफैमा राम्रो नभएतापनी यो परम्परा देखि चलिआएको रिति र शास्त्र भएकाले यहाँ बलि दिइने गरेको पनि अध्यक्ष बताउनुहुन्छ ।
बलिकै कारण बलि प्रथालाई इन्कार गर्ने मान्छेहरुको आगमन नहुने भएकाले पनि यस मन्दिर अलि ओझेलमा परेका त्यहाँका जानकारहरु बताउछन ।
धार्मिक रुपमा आफू त्यति विस्वत नभएतापनी पूजाआजा चाही वर्षेनी गरिदै आएकाले यसपटक पनि आएको मन्दिरमा पूजा गर्ने आउनु भएका यूवा दिनेश केसीले बताउनुभयो ।
विशेष गरेर आजको दिनभरी नै मन्दिरमा पाठपूजा गर्ने र बलि दिने भक्तजनहरुको बाक्लो उपस्थिती रहने मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।



Post a Comment

Previous Post Next Post