स्वर्गद्वारी प्यूठान असार ०६ । नेकपा एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख सुर्य थापाले प्यूठानमा विनकारण पक्राउ गरी बन्दी बनाइएका नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध विभिन्न तहका नेता, कार्यकर्ताहरुलाई अविलम्ब रिहाइ गर्ने माग गर्नुभएको छ ।
समाजिक सञ्जाल फेशबुकमा स्टाट्स लेख्दै थापले संविधानले प्रदान गरेका हक अधिकारको उपयोग सत्ताधारीले मात्र नभएर आलोचकहरुले समेत गर्न पाउनुपर्ने उल्लेख गर्नुभएको छ । शान्तिपूर्ण चुनावमा भाग लिने हक जत्तिकै त्यसको विरोध र बहिष्कार गर्नेले समेत पाउने बताउनुभएको जानकारी गराउनु भएको छ ।
उहाँले लेख्नु भएको छ सुरक्षा अंगहरुले हिंसा, अवरोध बलजफ्ती र थुनछेक वा बन्धक बनाउने क्रियाकलापहरु मात्रै नियन्त्रण गरी शान्ति सुरक्षा, अमनचयन र भयरहित वातावरण सुनिश्चित गर्नुपर्दछ । त्यसैले पक्राउ परेका सबै नेता, तथा कार्यकर्तालाई विना शर्त रिहाइ गरी राज्यको लोकतान्त्रिक छवि कायम गर्ने ध्यानकर्षण गर्दछु उहाँले उल्लेख गर्नुभएको छ ।
साथै राज्यले यस्तै खाले रवैया अपनाँउला नै बदनाम हुने खतरा हुदाँ यस स्थितिलाई वेलैमा हेक्का राख्न सक्नु अपरिहार्य हुने तर्फ सचेत बन्न जरुरी छ । भनेर उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
नेकपाका नेता तथा कार्यकर्तालार्इ रिहाइ गर्न एमाले केन्द्रीय सदस्य थापाकाे माग
Swargadwari Online
0
Comments
Post a Comment