
उनको ससुराली घर रोल्पाको थवाङ २ बाट उनलाई बिहीबार राती अज्ञात समूहले अपहरण गरेको हो ।
सुतिरहेको बेला करिब २ बजे उनको अपहरण भएको प्रहरीले पनि पुष्टी गरेको छ । रोल्पाका डिएसपी वीरेन्द्र थापाले घटनाको पुष्टि गर्दै घर्तीको खोजी कार्य जारी रहेको बताए ।
वियोग उपनामले चिनिने घर्ती माओवादी केन्द्रका स्थानीय नेता हुन् । शनिबार आयोजित थवाङमा गाउँसभाको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउने कार्यक्रम छ ।
दोस्रो चरणको स्थानीय तह निर्वाचनमा उवा घर भएका घर्ती थवाङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए ।
Post a Comment