Header Ads

(तस्वीर बुद्धिमान अाेली)
बुद्धिमान वली भदौ ३० घर्तिगाउँ । माडी बहुउद्देश्यीय समाज बिकास केन्द्र रोल्पाद्वरा संचालनमा आउन लागेको सामुदायिक रेडियो माडी आवाजको आयोजनामा संचालित एक हप्ते रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुक्रवार एक समारोहका बिच समापन गरिएको छ । संस्थाका सचिव बुद्धिमान ओलीको सहजीकरणबाट शुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्ग रोल्पा शाखा अध्यक्ष मानसिङ बि क र पूर्व अध्यक्ष खेम बुढाको विशेष उपस्थिति रहेको थियो । समापन समारोहमा बोल्दै महासङ्घका अध्यक्ष बिकले ग्रामीण भेगबाट संचालन हुन गैरहेको यो रेडियोले सबैको मन जित्न सफल रहनेमा आशा राख्दै आफु साथमा रहने बताउनुभयो ।
महासङ्गकै पुर्ब अध्यक्ष बुढाले सिकेको कुरालाई व्यबहारमा उतार्न आग्रह गर्नुभयो । कार्यक्रममा सहभागीले आफुले एक हप्तामा धेरै कुरा सिकेको भन्दै रेडियो उद्घोषणको तालिम आयोजकप्रति आभार प्रकट गरेका थिए । तालिममा सहभागी ३० जनालाई महासङघका अध्यक्ष बिकबाट प्रमाणपत्र वितरण गरिएको थियो । तालिमको प्रशिक्षकमा पत्रकार जीवन नेपाल, मानसिङ बिक खेम बुढा, बुद्धिमान ओली र बिरसिङ ओली रहनुभएको थियो । रेडियो माडी आवाज छिट्टै प्रसारणमा आउने संस्थाले जनाएको छ ।

Post a Comment

Previous Post Next Post