बाल मैत्री विद्यालयको न्यूनतम सर्त पुरा गरिए पछि उक्त विद्यालयलाई बाल मैत्रि विद्यालय घोषणा गरिएको विद्यालय सो्रतले जानकारी दिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र बुढाथोकी अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथी स्वर्गद्वारी नगरपालिकाका स्रोत व्यक्ति बल बहादुर रोकाय रहनु भएको थियो । भने विशेष अतिथी कालिका विकास केन्द्र नेपालका कार्यक्रम संयोजक सरोज श्रेष्ठ, र सेभद् चिल्ड्रेनका कार्यक्रम संयोजक यम थापा रहनु भएको थियो । कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष सुरेन्द्र हमालको समेत उपस्थीति रहेको थियो । कार्यक्रममा बोल्दै हमालले आफु विद्यालयको विकासको लागि सधै तत्पर रहेको बताउनु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयलाई बाल मैत्रि घोषणा गरेर मात्र नहुने भएकाले विद्यालयले बाल मैत्रिमय विद्यालय बनाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा विद्यालयका प्र.अ. देविराम बस्नेतले विद्यालयको आर्थिक, भौतिक तथा शैक्षिक पक्षको बारेमा स्पष्ट पार्नु भएको थियो ।
| (गंगेश्वरी अाभारभुत विद्यालय भवन) |
| (कार्यक्रममा नृत्य प्रस्तुत गर्दै विद्यालयकाे छात्राहरु) |
| (कार्यक्रमकाे दृश्य अवलाेकनका लागि बसेका विद्यार्थिहरु) |
Post a Comment