Header Ads

मनिषा राई, रोल्पा
२९ भदौ /
नेपाल शिक्षक महासंघको प्रथम जिल्ला अधिबेशन रोल्पामा सम्पन्न भएको छ । नेपाल शिक्षक महासंघको प्रथम अधिबेशनबाट एकिकृत अखिल नेपाल शिक्षक संगठन जनसेवा मावि राङसीका भिम प्रकाश पुन अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठन अरनिको मावि नुवागाउका गणेश कुमार घर्ती सहअध्यक्ष, अखिल नेपाल शिक्षक संगठन तारा मावि बाम्रुक की जमानथरी रोका महिला उपाध्यक्ष, नेपाल शिक्षक संघ महेन्द्र मावि होलेरीका रिम बहादुर डागी उपाध्यक्ष, नेपाल शिक्षक संघ जनज्योति मावि गजुलका नर बहादुर सेन सचिव, एकिकृत अखिल नेपाल शिक्षक संगठन श्री शिशु कल्याण प्रावि धौलीगाउ गजुलका जित बहादुर वली सहसचिव, नेपाल राष्ट्रिय शिक्षक संगठन मावि सुलीचौर की पिपला घर्ती महिला सहसचिव, अखिल नेपाल शिक्षक संगठन मावि सिमखोला पाखापानीका रमेश प्रकाश मल्ल अर्थ सहसचिवमा निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरु एकिकृत अखिल नेपाल शिक्षक संगठन मावि सिमखोला पाखापानीका दुर्गा प्रसाद वली, एकिकृत अखिल नेपाल शिक्षक संगठन मावि मसिनाका बामदेव अधिकारी, एकिकृत अखिल नेपाल शिक्षक संगठन मावि गजुलका जुपिटर कुवर, एकिकृत अखिल नेपाल शिक्षक संगठन मावि हान्जावाङका हरि बहादुर खत्री, नेपाल शिक्षक संघ प्रावि खुङग्रीकोटका जगन्नाथ गिरि, नेपाल शिक्षक संघ मावि बाम्रुकका शर्मीला आचार्य, नेपाल शिक्षक संघ प्रावि रिझाका किम बहादुर केसि, नेपाल राष्ट्रिय शिक्षक संगठन प्रावि कुइपाडाडा गामका सालीग्राम न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठन आधारभुत बिधालय धारापानीका डम्वर बहादुर पुन, अखिल नेपाल शिक्षक संगठन मावि फगाम अशोक थापा, अखिल नेपाल शिक्षक संगठन मावि लिङदुङका थमन डागी, अखिल नेपाल शिक्षक संघ प्रावि कोइरालखर्कका तङकेस्वर भण्डारी, अखिल नेपाल शिक्षक संघ मावि कसला दुर्गा प्रसाद रोका, नेपाल राष्ट्रिय शिक्षक परिषद् मावि मिझिङका ओम प्रकाश बिष्ट लगायत रहेका छन् ।

त्यसैगरी पदेन सदस्यहरु एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष मावि लिवाङका मधुशुदन पोख्रेल, नेपाल शिक्षक संघका अध्यक्ष प्रावि बालमन्दिर लिवाङका भगवती मल्ल, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष निमावि रेउघाका लिला आचार्य, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष मावि राकका प्रेम बहादुर केसि, अखिल नेपाल शिक्षक संघ अध्यक्ष मावि घोडागाउका कमलराज भट्टराइ, नेपाल राष्ट्रिय शिक्षक परिषद् अध्यक्ष प्रावि लालटिवाङका गिरिराज भण्डारी रहेका छन् ।

त्यसैगरी सस्थागत सहसचिवहरु एकिकृत अखिल नेपाल शिक्षक संगठन प्रावि बालमन्दिर लिवाङका बिना मल्ल, नेपाल शिक्षक संघ मावि बागमाराका सुर्य प्रकाश डागी, नेपाल राष्ट्रिय शिक्षक संगठन प्रावि बिश्राम थलीका गणेश डागी, अखिल नेपाल शिक्षक संगठन मावि थवाङका कुल बहादुर वली, अखिल नेपाल शिक्षक संघ मावि सुलीचौर की बिपना घर्ती, नेपाल राष्ट्रिय शिक्षक परिषद् मावि मिझिङका जिवराज घर्ती लगायत रहेका छन् ।

बाल कल्याण नमुना मावि लिवाङको अगुवा श्रोत केन्द्रको हलमा आयोजित अधिबेशनमा प्रमुख अतिथि रोल्पा जिल्लाको इतिहासमै प्रथम महिला जिसिअ कल्पना घिमिरे ले नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउदै समग्र रोल्पा जिल्लाको शैक्षिक क्षेत्रलाई माथि उठाउन सबैसंग हातेमालो सहकार्य संगै छलफल गर्दै जाने बताए ।

विनि घनश्याम वलीको आतिथ्यता रहेको कार्यक्रममा भिम दसौदीले स्वागत मन्तव्य राखेका थिए भने शिक्षक महासंघ समितिका सचिव रिम बहादुर डागीले कार्यक्रमको सन्चालन गरेका थिए ।साथै कार्यक्रमको अन्त्यमा नेपाल शिक्षक महासंघका अध्यक्ष भिम प्रकाश पुनले रोल्पाको समग्र शैक्षिक गतिबिधिहरुलाई माथि उठाउन र शिक्षकहरुका बिभिन्न पेशागत समस्याहरुलाई समाधान गर्ने शैक्षिक प्रतिबद्धता जाहेर गर्दै सभाको समापन गरेका थिए।

Post a Comment

Previous Post Next Post