Header Ads


मधुसुदन पोख्रेल अश्विन ४ बुधबार प्यूठान । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन प्यूठानले बुधवार जिल्ला प्रशासन कार्यालयमा ११ बुदे माग पत्र बुझाएको छ ।
नजिकिदै गरेको चाडपर्वको वेला बजारमा हुने कलाबजारी, यातायात व्यावसायीहरुले गर्ने अमर्यादित व्याभाहारप्रति यातायात व्यवसायी,जिल्ला प्रहरी कार्यालय,उद्योग वाणिज्य सघंलाई ज्ञापन पत्र मार्फत ध्यान आकाषणर््ा गराउदैे जिल्ला अध्यक्ष याकं पुनको नेतृत्वमा ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापान पत्रमा हरेक किसिमका सार्वजनिक सवारी साधनमा राज्य पक्ष संग भएको विद्यार्थी सौलियत ४५ प्रतिशत छुटको कार्यान्वयन गर्नु पर्ने, उपभोक्तको अधिकार हनन् हुने गरी चलाएका यातायातको सिन्डीकेट खारेज गर्नु पर्ने , पुरानो भाडा दर खारेज गरी बैज्ञानिक भाडादर कायम गर्नु पर्ने, यातायात व्यवसायी र कर्मचारीबाट हुने अशिष्ट,अभद्र ,असभ्य अमर्यादित व्यावहार पुर्णतः रोकिनु पर्ने, यातायात व्यावसायी र कर्मचारीको फाइदाको लागि गुणस्तरहिन खान खान बाध्य पार्ने जस्ता हर्कत बन्द गर्नु पर्र्ने ,अत्याधिक सवारी चापका कारण सडक दुर्घटना न्यूनिकरणका लागि बढि यात्रु बोक्न प्रतिबन्ध लगाउनु पर्ने, चाडबाडको समयलाई मध्यनजर गर्दै वैकल्पिक सवारी साधनको व्यवस्था गर्नु पर्ने,रातारात मालामाल हुने कोलो सपना बोकी अस्वभाविकरुपमा उपभोग्य बस्तुको मुल्य वृद्धि गर्ने कृतिम अभाव सृजना गरी कालो बजारी गर्नेलाई कडा भन्दा कडा कार्वाही गर्नु पर्ने, चाडबाडको मौका छौप्दै म्याद नाघेका तथा गुणस्तरहिन खाद्य बस्तुको विक्री वितरणलाई निषेध पार्नको लागि नियमित रुपमा प्रभावकारी ढंगले बजार अनुमगन गरी कडा कार्वाही गर्नु पर्ने, चाडपर्वलाई आफ्नो सँस्कृती अनुकुल व्यवस्थीत र मर्यादित बनाउको लागि जुवा तास मदिराजन्य पदार्थको विक्रि वितरणमा रोक लागाई अराजक ढंगले हुन सक्ने कुनै पनि अपराधिक क्रियाकलाप हुन नदिन जिल्लाका सबै गाँउ गाँउमा विशेष प्रहरी गस्ती संचालन गर्नु पर्ने र विगतमा भएका केन्द्रीय तथा जिल्ला स्तरमा भएका सहमति सम्झौता कार्यान्वयन गर्नु पर्ने माग राखेको छ ।
क्रान्तिकारी विद्यार्थी का केन्द्रीय सदस्य एवं विद्यार्थी जिल्ला इन्चार्ज पदम पोख्रेलको विशेष उपस्थितीमा ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी डा. कृष्ण बहादुर घिमिरेले यी मागहरु क्रान्तिकारी विद्यार्थीका मात्र नभएर सवै प्यूठानी नागरीकको माग भएको भन्दै यी माग प्रति सम्मान व्यक्त गर्दै तत्काल माग सतप्रतिशत कार्यान्वन गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

Post a Comment

Previous Post Next Post