 |
| सरसफाइ गर्दै उपस्थित सहभागीहरु एवं विद्यार्थीहरु |
गाेविन्द विश्वकर्मा स्वर्गद्धारी । तेस्रो संविधान दिवस प्यूठान लगायत देशैभरी विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालको नयाँ संविधान निमार्णको तेस्रो वर्ष मंगलवार पुगिरहदा देशभरीका सरकारी कार्यालयहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन ।
 |
| र्यालीमा सहभागीहरु नगरपालिका हुँदै जलुके तर्फ जाँदै |
स्वर्गद्वारी नगरपालिकामा पनि संविधान दिवसको अवसरमा भिंग्रीमा रहेको हात बजार सरसफाई गरेर मनाएको छ । स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्र बहादुर रोकायको नेतृत्वमा नगरपालिका देखि जलुके सम्म ¥याली निकालिएको थियो नगरपालिका स्थित सरकारी कर्मचारी जनप्रतिनिधीहरुको सहभागितामा निकालिएको उक्त ¥याली नगरपालिका हुँदै जलुकेमा पुगेर कोण सभामा परिणत भएको थियो ।
 |
काेण सभालार्इ सम्वाेधन गर्दै स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख नेत्र बहादुर राेकाय
|
कोण सभा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रोकायले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान रहेको बताउनुभएको थियो । त्यस्तै सभालाई सम्बोधन गर्ने बक्ताहरुले यो संविधान सबै जनताहरुको हक अधिकार र भावनाको कदर गर्देै निमार्ण भएको संविधान भएको बताएका थिए ।
स्वर्गद्वारी नगरपालिकाको आयोजनामा आयोजना गरिएको उक्त कार्यक्रमको सभापति नगर प्रमुख नेत्र बहादुर रोकाय रहनु भएको थियो । भने कार्यक्रमको संचालन सदर चन्द्र केसीले गर्नुभएको थियो भने स्वागत मन्तव्य नगरपालिकाका कार्यकारी अधिकृत तुल्सी गैरेले राख्नु भएको थियो ।
उता प्यूठान नगरपालिकामा पनि संविधान दिवसको अवसर पारेर
प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरी प्यूठान नगरपालिकामा पनि मनाइएको छ जिल्ला मुल समारोह समिति प्यूठाको आयोजनामा दिवश मनाइएको हो ।
 |
प्यूठान नगरपालिकामा अायाेजित प्रभात फेरी तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरु
|
जिल्ला न्यायाधिस बासुदेव न्यौपानेको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उहाँले कार्यक्रममा बोल्दै हाम्रो सँविधान अझै परिपक्व नभएको बताउनु भयो । उहाँले भन्नु भयो ‘बालकको रुपमा बनेको संविधान अहिले तातेताते गर्दै अघि बढिरहेको र यसलाई पालन पोषण गर्दै हुर्काउनु हामी सबै नेपालीको कर्तव्य हो ।’ प्रमुख जिल्ला अधिकारी लगायत सरकारी कार्यालयको प्रमुख तथा प्रतिनिधि, राजनितिक दलको प्रतिनिध, गैरसरकारी सस्थाको प्रमुख तथा प्रतिधिनि लगायताकोे उपस्थितिरहेका कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख केशव राज आचार्य रहेको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेपालको संविधान र स्थानिय तहको बारेमा जिल्ला बाल एसोसियनको अध्यक्ष डा. शिवराज पण्डितले कार्यपत्र द्धारा जानकारी गराउनु भएको थियो । भने स्थानिय तहको दिगो संचालन तथा व्यवस्थापनको बारेमा स्थानिय विकास अधिकारी इन्द्रप्रसाद बस्याल ले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन गैैसस महासँघका अध्यक्ष रमेश श्रेष्ठले गर्नु भएको थियो , भने स्वागत मन्तव्य जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाले गर्नु भएको थियो ।
Post a Comment