स्मृती घर्ती मगर, असार ११। प्युठान स्थानिय तह चुनावको लागि प्युठानमा एक लाख २७ हजार ४ सय ४७ मतदाता रहेका छन् । जस मध्ये महिला ६७ हजार ४ सय १०, पुरुष ६० हजार ३६ र तेस्रो लिङ्गि १ जना मतदाता रहेका छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको प्युठानमा प्युठान नगरपालिकामा २२ हजार ७ सय ८८ र स्वर्गद्वारी नगरपालिकामा १७ हजार ३ सय ५१ जना रहेको जिल्ला निर्वाचन कार्यलय प्युठानले जनाएको छ ।
त्यस्तै गौमुखी गाउँपालिकामा १३ हजार ९ सय ३७, माण्डवि गाउँपालिकामा ७ हजार ९ सय ८, सरुमारानी गाउँपालिकामा १० हजार ५ सय १९, मल्लरानी गाउँपालिकामा ९ हजार ९ सय ९२ मतदाता रहेका छन् । साथै नौवहिनी गाउँपालिकामा १६ हजार ४ सय ५, झिमरुक गाउँपालिकामा १६ हजार २ सय ६ जना र ऐरावती गाउँपालिकामा १२ हजार ३ सय ४१ मतदाताले मतदानमा भाग लिने जिल्ला निर्वाचन कार्यलय प्युठानका निर्वाचन अधिकारी कृष्ण वहादुर कवँरले जानकारी दिनु भएको छ ।
प्युठानमा पुरुष मतदाता भन्दा महिला मतदाता ७ हजार ३ सय ७४ ले वढी
Swargadwari Online
0
Comments
Post a Comment