Header Ads


स्मृती घर्ती मगर,असार ११ । प्युठान    आउदो बुधबार हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै प्युठान सहित ३५ जिल्लाका विद्यालयहरु आईतबार देखी बन्द भएका छन् । प्युठानका सामुदायिक र निजी सबै विद्यालयहरु चार दिनका लागि बन्द भएका हुन् ।
सरकार कै निर्णय अनुसार चुनाबका लागि आज देखी बुधबार सम्म शिक्षण संस्थालाई सार्वजनिक विदा दिईएको हो । प्युठान सहित ३५ वटै जिल्लाका विद्यालयहरु अब बिहिबार खुल्ने छन् । निर्वाचनका लागि अधिकांश मतदान स्थलहरु बिद्यालयमै रहेको छ ।
निर्बाचनका लागि खटिने कर्मचारी, सुरक्षाकर्मी र मतदान सामाग्रिहरुलाई सुरक्षित राख्न विद्यालयहरु नै उपयुक्त भएपछि विद्यालयहरुमा चुनावको स्थान छानिएको हो । सरकारले मतदानको दिन प्रदेश नम्बर १, ५ र ७ अन्तर्गत पर्ने ३५ जिल्लाका सबै सरकारी, अर्धसरकारी र सार्वजनिक संस्थानमा पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Post a Comment

Previous Post Next Post