Header Ads

गोविन्द विश्वकर्मा असार ११ स्वर्गद्वारी ।  असार १४ गते  हुने अासन्न स्थानीय तहकाे निर्वाचनमा स्वर्गद्वारी नगरपालिकामा मेयर पदका लागि ४ जनाको प्रतिस्पर्धा हुने भएको छ । असार ४ गते आइतवार मनोनय दर्ता भएपछी निर्वाचन कार्यालले उम्मेद्वारहरुको नामावली प्रकाशित गरेकाे छ ।
जसमा नेपाली काँग्रेसवाट मेयर पदको लागि टेक प्रसाद भण्डारी, त्यस्तै नेकपा एमालेवाट मेयर पदका लागि नेत्र बहादुर रोकाय, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रको तर्फवाट संयुक्त विर बहादुर पुन र स्वतन्त्रवाट भिम बहादुर घर्तीमगरले उम्मेद्वारी दिनुभएको छ ।
यस्तै उप मेयर पदका लागि नेपाली काँग्रेसवाट बाली खड्का क्षेत्री, नेकपा एमालेवाट गोमा रेग्मी र माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त उम्मेद्वार दुर्गा रेग्मीले उम्मेद्वारी दिनुभएको छ ।
यसैवीच वडा अध्यक्षहरुमा वडा नं १ कोचिवाङ वाट वडा अध्यक्षका उम्मेद्वार नेपाली काँग्रेसका दुर्ग बहादुर विष्ट, कुल वहादुर पुन नेकपा एमाले र मेघराज घर्ति नेकपा मओवादी केन्द्र र जनमोर्चावाट संयुक्तरुमा उम्मेद्वारी दिनुभएको छ ।
त्यस्तै वडा नं २ खालमा नेपाली काँग्रेसवाट वडा अध्यक्ष तारा प्रसाद पुन मगर, नेकपा एमालेवाट दुर्गा न्यौपाने, मिनराज राना राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रवाट संयुक्त उम्मेद्वारी दिनुभएको छ ।
यसैगरी वडा नं ३ मा वडा अध्यक्षहरु नेपाली काँग्रेसवाट गोविन्द प्रसाद रेग्मी जैसी, वासुदेव रेग्मी नेकपा एमाले, राम वहादुर रोका क्षेत्री जनमोर्चा र बालाराम सुनार माओवादी केन्द्रवाट उम्मेद्वार बन्नु भएको छ ।
वडा नं. ४ मा वडा अध्यक्षहरु नेपाली काँग्रेस ऋषिराम योगी, शुरेन्द्र हमाल नेकपा एमाले, विष्णु योगी जनमोर्चा र अमृता देवी बुढाथोकी नेकपमा माओवादी केन्द्रवाट उम्मेद्वारी निदुभएको छ ।
वडा नं. ५ मा वडा अध्यक्षका प्रतिस्पर्धिहरु नेपाली काँग्रेसवाट गिर वहादुर घर्ति मगर, हिरामणी भण्डारी नेकपा एमाले, गंगाराम वि.सी. जनमोर्चा र माओवादी केन्द्रवाट संयुक्त उम्मेद्वारी दिनुभएको छ ।
वडा नं. ६ मा वडा अध्यक्षहरुका प्रतिस्पर्धिहरु नेपाली काँग्रेसवाट डिला प्रसाद कोईराला, भुपलाल गोराथोकी नेकपा एमाले, गिरे गुरुङ जनमोर्चा र रमेश बहादुर पुन नेकपा माओवादी केन्द्रवाट उम्मेद्वारी दिनुभएको छ ।
वडा नं. ७ मा वडा अध्यक्षहरुका प्रतिस्पर्धीहरु तेजप्रसाद शर्मा, नेपाली काँग्रेस, चन्द्र प्रसाद पोख्रेल नेकपा एमाले ,टेक वहादुर भट्टराई नेकपा माओवादी केन्द्र विष्णु प्रसाद भुसालले जनमोर्चावाट उम्मेद्वारी दिनुभएको छ ।
यस्तै वडा नं.८ मा अध्यक्ष पदका उम्म्ेद्वारहरु खिम बहादुर थापा नेपाली काँग्रेस, खोप बहादुर राउत क्षेत्री जनमोर्चा र माओवादी केन्द्रवाट संयुक्त, भिम बहादुर खड्काले नेकपा एमालेवाट उम्मेद्वारी दिनुभएको छ ।
सरकाले स्थानीय तहको निर्वाचन अन्र्तगत दोस्रो चरणको निर्वाचन असार १४ गते गर्दै छ ।

Post a Comment

Previous Post Next Post