सि.पि. पौडेल स्वर्गद्वारी असार १२ । रोल्पा जिल्ला सुर्वणावती गाउँपालिका वडा नं १ घोडागाउँ वरनेटामा झाडिमा फालिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ ।
बच्चा कसको होर कसले फालेको हो भन्ने पत्ता लागेको छैन कुकुरले मुखमा च्यापेर बच्चा गाउँमा लिएपछी स्थानीयहरुले कुकुरलाई पछ्याउदै जादा झाडीमा फालिएको अबस्थामा बच्चाको सव फेला पारेको स्थानीले बताएका छन ।
बच्चालाई स्थानीयले भेटाएपछी प्रहरीलाई खवर गरेका थिए खवर पछि घट्ना स्थलमा प्रहरी पुगि शिशुको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा रोल्पामा पठाइएको इलाका प्रहरी कार्यालय खुग्रीका प्रहरी नायव निरीक्षक कमल शाहले जानकारी दिनुभएको छ ।
यसैवीच घट्नाको सत्य, तथ्य पत्ता लगाउनको लागि छानविन टोली गठन भएको छ ।
Post a Comment