Header Ads

गोविन्द विश्वकर्मा/सि.पि. पौडेल
जेठ ०६ स्वर्गद्वारी, प्यूठान
प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं ६ बेल्वास सातविसे माडीक्षेत्रमै प्याज उत्पादनको पकेट क्षेत्र मानिन्छ यहाँ हरेक वर्ष करिव ६० देखि ७० क्वीन्टल एक सिजनमा कृषकहरुले उत्पादन गर्दै आइरहेका छन ।
तर विगतका वर्षको तुलनामा यस वर्ष प्याज उत्पादनमा भारी कमि आएको छ । लगभग फुल फूल्ने समयमा विभिन्न रोग व्याधिले प्याजमा आक्रमण गरेपछी फलको आकारमा कमि आई दाना मसिना हुदा उत्पादनमा कमि आएको कृषक देवा भण्डारीले बताउनुभयो ।
रोग लाग्ने समयमै कृषि सेवा केन्द्र भिंग्रीलाई जानकारी गराउदा समेत कुनै निचोड नआउदा यस्तो समस्या झेल्नु परेको कृषकहरुको गुनासो छ । यहाँ उत्पादन भएका प्याज प्यूठान जिल्लाको माडीक्षेत्र भरीमा र रोल्पा जिल्लाको खुंग्री घोडागाउँ लगायतका ठाउँबाट समेत घरमै आई किन्ने गरेका छन । विशेष गरेर भिंग्री वजारका व्यापारीहरुले बजारमा लगेर बिक्रि गर्ने गरेको यहाँका स्थानीय कृषकहरुले बताए । अहिलेको यो वर्षको सिजनमा उत्पादनमा तेब्वर कमि आउँदा अर्काे वर्ष कृषकहरुले प्याज खेती नगर्ने भन्ने सोचाइमा पुगेका छौ भनेर कृषक टोपली पौडेलले जानकारी गराउनुभयो ।
अहिले उत्पादनमा कमि आउँदा दाङबाट दैनिकजसो करिव ४ देखि ५ क्वीन्टल सम्म प्याज भिंग्री बजारमा भित्रिने गरेको व्यापारीहरुले बताएका छन ।

Post a Comment

Previous Post Next Post