Header Ads

गोविन्द विश्वकर्मा जेठ ०४ प्यूठान नेपाली लोकदोहोरीको क्षेत्रमा निकै चर्चित नाम हो किरण बाबु पुन लोकदोहोरी गीतमा गायक शव्द संकलक तथा संगीतकारको माध्यमबाट लाखौं श्रोता दर्शकको मनमुटुमा बस्न सफल हो सफल अनि व्यस्त सर्जक किरण बाबु पुनको नयाँ लोकदोहोरी गीत आर्कषण सांगीतिक बजारमा आएको छ ।
लोकदोहोरी क्षेत्रकै बहुर्चित गायिका विष्णु माझी र किरण बाबु पुनको कर्णप्रीय आवाजमा सजिएको आर्कष गीतको शव्द तथा संगीत सृजना किरण बाबु पुनले गर्नुभएको छ ।
यूवा पुस्ताका ढुकढुकी दुर्गेश थापा र सुप्रीया कटुवालको अभियन रहेको यस म्यूजिक भिडियोको निर्देशन पछिल्लो समयमा व्यस्त रहदै आउनु भएका निर्देशक एकिन्द्र सारा शंकरले गर्नुभएको छ ।
अहिलेको सांगीतिक बजारमा एक पछि अर्काे सफल कोसेली पस्किदै निरन्तर अगाडि बढी रहेको हिम संझौता डिजिटलले यस गीतको बजार व्यवस्थापन गरेको हो । गीत सफलताको शिखवरमा पुगोस् हाम्रो तर्फवाट शुभकामना ।

Post a Comment

Previous Post Next Post