Header Ads

गाेविन्द विश्वकर्मा जेठ ११ स्वर्गद्वारी, प्यूठान    नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाएर सांगितिक क्षेत्रमा एक पछि अर्काे नयाँ गीत संगीतको सफल बजार व्यवस्थापन गर्दै आएको सप्तऋषि म्यूजिक प्रालि हो ।
सप्तऋषि म्यूजिक प्रालिले भर्खरै बजारमा पठाएको अत्यन्तै चर्चामा रहेको लोकदोहोरीको भाका भाग्यले बजारमा चर्चा लिइरहदा सप्तऋषि म्यूजिक प्रालिले फेरी अर्काे सफल र उत्कृष्ट सृजना लोक पारखी श्रोता दर्शकका लागि ल्याएको छ ।
जुन सिर्जनाको नाम हो पंक्षी पछिल्लो समय संगीतको क्षेत्रमा अलि क्रियाशिल देखिएका कलाकार बाबु खड्काको शव्द संगीतमा तयार पारिएको यस गीतमा स्वर भने लोकदोहारी क्षेत्रकै चर्चित गायिक विष्णु माझिले र अविर मगरले दिनुभएको छ ।
अहिलेको पछिल्लो पुस्ताका सफल कलाकार बिमल अधिकारी र आशा खड्काको बेजोड अभियन रहेको यस म्यूजिक भिडियोको निर्देशन कपिल लामाले गर्नुभएको हो भने यस भिडियोको छांयाकन राजेश घिमिरेले गनुभएको छ । अमर शाक्यले सम्पादन गर्नुभएको यस गीतको म्यूजिक भिडियोको निर्माण सप्तऋषि म्यूजिक प्रालिले गरेको छ ।
यस गीतका वारेमा यस म्यूजिक कम्पनीका निर्देशक एवं चर्चित लोक तथा दोहोरी गायक तथा सफल संगीतकार ऋषि खड्काले गीत राम्रो मेहनतका साथ काम गरेर बजार सम्म पठाइएको जानकारी दिनुभयो उहाँले सप्तऋषि म्यूजिक प्रालिले सधै उत्कृष्ट सृजनाहरु श्रोता दर्शकहरुको लागि बजार पठाउने समेत जनाउनुभयो साथै उहाँले गीत संगीतको क्षेत्रमा लाग्न चाहाने नयाँ प्रतिभाहरुको लागि सप्तऋषि म्यूजिक प्रालिलिे विशेष अवसर एवं सहयोग प्रदान गर्ने समेत बताउनुभयो बजार व्यवस्थापन गर्नेको लागि आफ्नै म्यूजिक कम्पनी भएको र शव्द संगीत स्वरका लागि पनि आफ्नै कलाकार भएकाले गीत संगीत गर्ने चाहाने व्यक्तिहरुलाई सहकार्य गर्ने आफू सधै तयार रहेको जानकारी दिनुभयो
बाबु खड्काको पंक्षि एल्वम सफल बनोस् हामी हाम्रो तर्फवाट शुभकामना व्यक्त गर्दछौै

Post a Comment

Previous Post Next Post