Header Ads

गोविन्द विश्वकर्मा जेठ ०९ स्वर्गद्वारी,   स्वर्गद्वारी नगरपालिका वडा नं ७ केप निवासी पुनारामा वि.क.को घरमा सोमावार राति आगोलागी भएको छ । आगोलागि वाट फुसको छानो भएको एउटा घर गोठ जलेको छ । राति अन्दाजी ३ बजेको समयमा आगोलागि भएको स्थानीयले बताएका छन । आगोलागिबाट पिडित विकको एउटा भैसी र गोरु जलेको तर नमरेको बताइएको छ ।
आगो के कारणले लाग्यो भन्ने वारेमा अझै जानकारी हुनसकेको छैन घर र गोठ पुर्णरुपमा जलेर नष्ट भएकाले पिडितको घरमा किराना पसल पनि रहेको र घरभित्र भएको नगद एक लाख अनि अन्य जिन्सी सामान गरी करिव तिन लाख ७० हजार बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय भिंग्रीका प्रहरी सहायक निरिक्षक जर्नादन चौधरीले जानकारी दिनुभयो । आगो त्यहाँका स्थानीयको सहयोगमा नियन्त्रणा लिएको थियो आगोलागिवाट कुनै मानवीय क्षति चाहि नभएको प्रहरीले जानाउको छ । घट्ना स्थलमा प्रहरी विहान पुगेको हो ।

Post a Comment

Previous Post Next Post