Header Ads

गोबिन्द विश्वकर्मा जेठ ०८ स्वर्गद्वारी, प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नं ४ भिंग्रीमा माटो र आमा बचाउँ भियान अन्तगरगत अन्र्तक्रिया कार्यक्रम सोमवार सम्पन्न भएको छ । माडीखवर साप्ताहिक र स्वर्गद्वारी अनलाइनको आयोजना एवं बस्तु तथा उपभोक्तता संरक्षण महासंघ नेपालको सहयोगमा कार्यक्रम संचालन गरिएको हो ।
विषादी रहित खाद्य वस्तु उत्पादन गर्ने स्वास्थ्यमा सुधार जैविक उत्पादनको संस्कार र संस्कृतिको संरक्षण गर्दै एक घर एक अमृत उत्पादन गरी स्वास्थ्यमा सुधार गर्दै स्वस्थ्य सौदर्य र समृद्ध समाजको निर्माण गर्ने उद्देश्य राखी कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
यस धर्तिमा आमाको कोखवाट जन्म लिइसकेपछी माटो र आमाकै साहाराले मान्छेको जीवन चक्र सुरु हुने हुदाँ आमा र माटोलाई स्वास्थ्य र समृद्ध राख्न सके स्वस्थ्य जीवनशैली र सुखि परिवार हुने हुदाँ सर्वप्रथमत माटो र आमालाई बचाउनु पर्दछ भन्ने उक्त कार्यक्रमले लक्ष्य राखेको थियो ।
स्वर्गद्वारी नगरपालिकाका कार्यकारी प्रमुख तुल्सी गैरेको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया कार्यक्रमको सभापतित्व माडीखवर साप्ताहिकका कार्यकारी सम्पादक केन्द्र प्रकाश पि.वि. गर्नुभएको थियो कार्यक्रममा विशिष्ट अतिथी स्वास्थ्य चौकी भिंग्रीका राजेन्द्र पौडेल त्यसैगरी अतिथी स्वास्थ्य चौकी सारीका केशव राज भण्डारी लगायत रहनु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका विभिन्न वडाहरुका करिव ५५ जना विभिन्न महिला समुह, आमा समुह सहकारी संस्थाका महिला आमाहरुको सहभागिता रहेको थियो । बस्तु तथा उपभोक्ता संरक्षण महासंघका केन्द्रिय अध्यक्ष रोमलाल गिरीले सहजिकरण गर्नुभएको कार्यक्रमको संचालन पत्रकार सिपि पौडेलले गर्नुभएको थियो ।


Post a Comment

Previous Post Next Post