Header Ads


गाेविन्द वश्‍वकर्मा प्यूठान । नेपाली लाेक गीत संगीतकाे दुनियाँमा फरक पहिचान बनाएकाे भावना म्यूजिक साेलुसनले फेरी अर्काे फरक अनि उत्कृष्ट गीत वजारमा सार्वजनिक भएकाे छ । देवी बस्नेतकाे प्रस्तुतीमा "बरु यसै दुखि छु" नामक लाेकदाेहाेरी गीत सार्वजनिक भएकाे हाे ।

चर्चित गायिका विष्णु माझि र रञ्जित परियारकाे सुमधुर स्वरमा सजिएकाे यस गीतमा संगीत लाेकप्रिय अनि चर्चित संगीतकार रामु खड्काले गर्नुभएकाे छ भने शब्द सृजना विमल अधिकारीले गर्नुभएकाे हाे ।

विमल अधिकारी र सारिका केसिकाे उत्कृष्ट अभिनय रहेकाे यस गीतकाे निर्देशन कपिल लामाले गर्नुभएकाे छ । राजेश घिमिरेकाे छाँयाकंन रहेकाे यस म्यूजिक भिडियाेकाे सम्पादन दीपक विष्टले गर्नुभएकाे छ ।

उत्कृष्ट अनि फरक बनेर अाएकाे गीतले सबै खाले दर्शक श्राेताकाे मन जिताेस् शुभकामना ।
भिडियाे :

Post a Comment

Previous Post Next Post