Header Ads


कमल बि.क. प्यूठान, माघ २५ । सामाजिक स्वास्थ्य सुरक्ष स्वास्थ्य विमा सम्बन्धि वडास्तरीय अभिमुखीकरण कार्यक्रम बुधवार मल्लरानी गाउँपालिका वडा नं. ४ खलंगा प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न भएको छ । स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष श्रेष्ठले कार्यक्रम स्वागत योग्य रहेको र यसलाई प्रभकारी रुपमा लागु गर्न आफु प्रतिवद्ध रहेको बताउनु भएको छ ।
कार्यक्रमको सहजिकरण प्राथमिक स्वास्थ्य केन्द्र खलंगाका मेडिकल अधिकृत डा. सुवास पौडेल र सिनियर अहेव पारस शाहीले गर्नुभएको थियो ।
नेपालमा स्वास्थ्य विमा कार्यक्रम पहिलो चरणमा २५ जिल्लामा सुचारु भएको छ भने दोस्रो चरणको १६ जिल्ला मध्ये प्यूठानमा पनि कार्यक्रम लागु भएको हो । प्यूठान जिल्लामा सामाजिक स्वास्थ्य सुरक्षा स्वास्थ्य विमा प्यूठान अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र खलंगा र भिंग गरी ३ स्वास्थ्य संस्था सुचिकृत भएका छन् । सुचिकृत भएका स्वास्थ्य संस्थाबाट स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत सेवाग्राहीले निःशुल्क सेवा लिन सक्नेछन् ।
आकस्मिक सेवा नेपाल भर सुचिकृत जुन सुकै स्वास्थ्य संस्थबट लिन सकिने व्यवस्था रहेको छ । स्वास्थ्य विमा कार्यक्रम फागुन महिनाबाट सुरु हुने डा. सुवास पौडेलले बताउनु भयो । परिवारका पाँच जना सदस्यले बार्षिक रुपमा दुई हजार पाँच सय रकम तिरेर ५० हजार सम्मको निःशुल्क सेवा लिन सकिने छ । थप १ जना सदस्य वापत रु. ४ सय पच्चिस तिर्नु पर्ने छ । अति पिन्न लाई सत प्रतिशत छुटको व्यवसथा रहेको छ । वहिरंग तथा आकस्मिक सेवा, अन्तरंग सेवा , निदानत्मक सेव र हाल उपलब्ध निःशुल्क औषधी सहित ९ सय २८ प्रकारका औषधी निःशुल्क हुने छ । हाल अधिकतम एक लाख रुपैयाँ बराबरको विमा सुविधा रहेको छ । आगामी दिनमा अझै बढाउने सक्ने लक्ष्य रहेको पनि डा. पौडेलले बताउनु भयो ।
कार्यक्रममा वडा स्थित जननिर्वाचित प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका पदाधिकरी, शिक्षक, महिला स्वास्थ्य स्वयमसेविका लगायतको सहभागीता रहेको थियो ।
प्राथमिक स्वास्थ्य केन्द्र खलंगाको आयोजनामा भएको कार्यक्रमम स्वागत मन्तव्य समितिका उपाध्यक्ष गोपाल विक्रम शाह र सञ्चालन सिनियर अहेव पारस शाहीले गर्नुभएको

Post a Comment

Previous Post Next Post