Header Ads


प्यूठान । छोटो समय र सानो उमेरमै धेरै चलचित्र बनाउनेमा रोज राणाको नाम अगाडि आउँछ । अहिलेसम्म उनले आठवटा चलचित्र बनाइसकेका छन् भने अन्य ब्यानरमा निर्मित तीन–चारवटा चलचित्रमा अभिनयसमेत गरेका छन् । उनी चलचित्र मात्र बनाउँदैन्, आफैं अभिनयसमेत गर्छन् । आफूले निर्माण गरेकामध्ये टक्कर दुई मुटुको, म छु नि तिम्रो र जय परशुराममा रोज आफैंले अभिनय गरेका छन् । विराज भट्ट अभिनित जय परशुराम र मेरो पैसा खोइ ? चलचित्रमा रोज आफैं निर्देशक छन् । यस आधारमा भन्नुपर्दा रोज अलराउन्डर नै हुन् । अर्थात् अभिनेता, निर्माता र निर्देशक तीनवटैको परिचय उनले सानो संघर्षले बनाएका होईनन् । उनले अन्य ब्यानरमा निर्मित महान, अ गुड फ्रेन्ड, भविष्यलगायतका चलचित्रमा अभिनय गरेका छन् । भन्छन्, ‘कलाकार भएपछि आफूले बनाएका चलचित्र मात्र खेल्नुपर्छ भन्ने छैन, अरुले बनाएको चलचित्रमा अभिनय गर्न सकिन्छ । त्यही भएर मैले समय निकालेर अभिनय गरेको हुँ ।’
प्युठान घर भएका रोज २०६१ सालदेखि चलचित्र क्षेत्रमा लागेका हुन् । उनले सुरुमा दादागिरीबाट चलचित्र निर्माणमा हात हालेका थिए । त्यसबेला दादागिरीले राम्रै व्यापार ग¥यो । अनि रोज चलचित्रमा लाग्न हौसिए । त्यसपछि उनले दोस्ती चलचित्र बनाए । जुन चलचित्रले त्यति राम्रो चर्चा पाउन सकेन । लगत्तै उनले खलनायक बनाए । प्रायः मल्टिस्टारर चलचित्र बनाउन माहिर रोजले बनाएको खलनायकले फेरि उनको जीवनमा खुसीको वहार नै ल्याइदियो । चलचित्रले राम्रै व्यापार ग¥यो । खलनायकमा उनलै त्यसबेला चर्चित अभिनेता राजेश हमाल, विराज भट्ट र निखिल उप्रेतीलाई खेलाएका थिए । त्यसपछि उनले डन नामक चलचित्र बनाए । प्रायः रोजले निर्माण गरेका चलचित्रका शीर्षक डनगिरीलाई झल्काउने खालका हुने भएकाले धेरैले उनलाई आलोचना पनि गरे । तर, रोजलाई त्यसले केही फरक पारेन । उनी भन्छन्– समयले जे माग्छ, त्यसमा कम्परमाई हुदैन ।
डन चलचित्र प्रदर्शनमा आएको केही समय रोज चलचित्र निर्माणबाट अलग रहे । आफ्नै व्यवसाय र पार्टी राजनीतिमा लाग्नुपरेकाले पनि रोज केही समय रंगिन दुनियाबाट अलग भएका हुन् । त्यसपछि उनले निर्देशक नवल नेपाललाई लिएर टक्कर दुई मुटुको निर्माण गरे । चलचित्रमा आफैं हिरो बने । हिरोइन् थिइन् सौजन्य सुब्बा । जो अहिले अमेरिका पुगेकी छन् । चलचित्रमा अभिनय गर्दा रोज र सौजन्यबीच प्रेम सम्बन्ध गाँसिएको चर्चा त्यसबेला निकै चलेको थियो ।
चलचित्र बनाइसकेपछि त्यसबाट फाइदा आउनुपर्ने विचार छ उनको । आफूले निर्माण गरेका धेरै चलचित्रले रामै्र कमाएको रोज बताउँछन् । उनले निर्माण गरेका चलचित्रमा मदन घिमिरे, नवल नेपाल जस्ता निर्देशकले निर्देशन गरेका छन् । रोजले निर्माण गरेका धेरै चलचित्रका निर्देशक मदन घिमिरे र हिरोमा विराज भट्ट रहेका छन् । विराजलाई एक्सन हिरोको छवि रोज राणाले बनाएका चलचित्रबाटै प्राप्त भएको हो । पाँच वर्ष भोजपुरी चलचित्र खेलेर नेपाल फर्केका विराजलाई रोजले ‘जय परशुराम’ मार्फत नै कमब्याक गराएका हुन् ।
चलचित्र निर्माणका साथै उनी चलचित्र निर्माता संघमा पनि आबद्ध छन् । निर्माता संघको कार्यसमिति सदस्य, उपाध्यक्ष र हाल महासचिवसमेत रहेका रोज छोटो समयमै चर्चित बन्ने थोरै चलचित्रकर्मीमध्येमा पर्छन् । निडर र हक्की स्वभावका रोज आफूलाई लागेको कुरा र मन लागेको काम गर्न पछि हट्दैनन् । सोही कारण बेलाबेला उनी विवादमा समेत आउने गरेका छन् ।

कांग्रेसको राजनीतिमा रोज
नेपाली कांग्रेस प्युठान क्षेत्र नम्बर २ को क्षत्रीय सभापतिसमेत रहेका रोज पार्टी राजनीतिमा पनि सक्रिय छन् । प्युठान जस्तो कम्युनिस्टको वर्चस्व रहेको जिल्लामा उनले आप्mनो छुट्टै पहिचान बनाएका छन् । कांग्रेसको १३औं महाधिवेशनका बेला आफ्ना प्रतिस्पर्धीहरूले रोक्न खोज्दाखोज्दै पनि रोज क्षेत्रीय सभापतिमा निर्वाचित हुन सफल भएका हुन् । पछिल्लो समय कांग्रेस नेताहरूकै व्यवहार र चरित्रका कारण पार्टीले तीनवटै तहको निर्वाचनमा पराजय व्यहोर्नु परेको उनको निष्कर्ष छ । भन्छन्, ‘नेताहरू आसेपासे र परिवारवादमै रमाए । त्यसको असर निर्वाचनमा प¥यो । पार्टीको संगठन सशक्त ढंगले अघि बढाउन नसके लामो समयसम्म कांग्रेस प्रतिपक्षमै बस्नुपर्ने निश्चित छ ।’ उनले नेताहरू आफू सच्चिन जरुरी रहेको बताए । कांग्रेस भएकै कारण रोजको परिवारले माओवादी सशस्त्र द्वन्द्वकालमा धेरै ठूलो नोक्सानी बेहोर्नुप¥यो । उनको घरमा तत्कालीन विद्रोही माओवादीले घर आक्रमण गरी परिवारलाई नै विस्थापित गरेको थियो । जतिबेला उनी काठमाडौंमा संघर्ष गर्दै थिए । पढाइसँगै उनले मार्सल आर्ट पनि सिकेका थिए ।
चलचित्र निर्माण र अभिनय तथा पार्टी राजनीतिमा समेत उत्तिकै सक्रिय रोज राणा व्यवसायमा आबद्ध छन् । उनी रेस्टुरेन्ट व्यवसायीसमेत हुन् । उनले बागबजारमा ‘हवेली घर’ सञ्चालन गरेका छन् । चलचित्र र राजनीतिबाट बचेको समय उनले आफ्नो व्यवसायमा खर्चिने गरेका छन् । नेपालमा एउटा पेसा र व्यवसायबाट मात्र टिक्न नसकिने निष्कर्ष निकालेरै आफूले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गरेको उनको भनाइ छ ।
आफूले चाँडै नयाँ चलचित्र निर्माण गर्न लागेको रहस्य खोल्दै रोजले भने ‘अहिले नयाँ चलचित्रको स्क्रिप्टको काम भइरहेको छ, चलचित्र बनाउन छाड्दिनँ,’ ।
नेपाली चलचित्र क्षेत्रमा दीर्घकालीन सोच बोकेर हिँड्ने व्यक्तिको अभाव भएको उनको भनाइ छ । यदि नेपाललाई खुला सुटिङको हब बनाउन सकिए ‘चलचित्र पर्यटन’ को रूपमा विकास गर्नसकिने उनले बताए । चलचित्र विकास बोर्डमा उपयुक्त व्यक्तिलाई सरकारले नियुक्त गर्न नसक्दा नेपाली चलचित्रको विकास र प्रवद्र्धनमा बाधा पुगेको उनको ठहर छ ।

Post a Comment

Previous Post Next Post