गाेविन्द विश्वकर्मा प्यूठान २५ । नेपाल कम्यूनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा केन्द्रिय जनपरिषद् प्रमुख सन्तोष बुढा मगरले निर्वाचन खारेज पछी पार्टी एकिकृत जनजागरण अभियान अन्र्तगत जनताको घर दैलामा रहेको बताउनु भएको छ ।
क्रान्तिकारी पत्रकार संगठन नेपाल प्यूठानले विहिवार प्यूठानको विजुवार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बुढाले नेपाल कम्युनिष्ट पार्टी आफ्नो क्रान्तिको लाइनमा रहेको समेत बताउनुभयो ।
चुनाव पछी पार्टी सेलायोनी भन्ने पत्रकारहरुको पश्नमा बुढाले पार्टी चुनाव पछि पनि आफ्नो आन्तरिक कार्यक्रममा बेस्त रहेको र देशमा हावि भएको प्रतिक्रियावादी सत्ताको विरुद्धमा विभिन्न चरणमा विरोध एवम् दलालहरुलाई कारवाही गरिरहेको बताउनुभयो ।
प्रमुख बुढाले संसदीय व्यवस्था नेपाली जनतको हितमा नभएको र यस वाट सबै समस्याको हल नुहुने भएकाले जनताको हरेक इच्छा, चाहाना परिपुर्ति गर्नैको लागि बैज्ञानिक समाजवादको आवश्कताले पर्ने बताउनुभयो ।
अहिले जनताहरु यो संसदीय व्यवस्थावाट आजित भैसकेको र धेरै जनताहरुले बैज्ञानीक समाजवादको परिकल्पना र प्रतिक्षा गरेको बताउनुभयो । चुनामा केहि जनताको सहभागिताले पनि संसदीय व्यवस्था भन्दा नयाँ व्यवस्था जनताले चाहिरहेको स्पष्ट पार्नु भयो ।
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी संगको पार्टी एकताका बारेमा प्रमुख बुढाले छलफल बहस भैरहेको र कार्यगत एकता सँगै आगामी फागुन १ गते हुने जनयुद्ध दिवस पनि संगै मनाउने निर्णय गरेको छ । बृहत छलफल तथा बहस पार्टी भित्र चलाइएको बताउनुभयो । साथै उहाँले आफूहरु सँग विचार मिल्ल्ने शक्तिहरु सँग पनि एकताको लागि पहल कदमी गरिरहेको जानकारी दिनुभयो ।
फरक प्रसंगमा बोल्दै प्रमुख बुढाले नेपालमा दलालहरुको दलाल मात्र नभएर जनताकाे वीच वाट चल्ने जनसत्ता पनि रहेको र यो अत्यन्तै क्रियाशिल रहेको बताउनुभयो । आफूहरुको लडाँई प्रहरी सेना सँग नभइ यस देशलाई सिध्याउनको लागि लागि पर्नै दलाल सत्ताको विरुद्धमा रहेको सबै जनतालाई स्पष्ट पार्नुभयो ।
अन्त्यमा सबैलाई यो एकिकृत जनक्रान्किो लाइनमा ढृढ भएर लाग्नको लागि समेत अपिल गर्नुभयो ।
Post a Comment