Header Ads


गोविन्द विश्वकर्मा मंसिर ०९ प्यूठान। प्यूठान जिल्लावाट संयुक्त बाम गठबन्धनको तर्फवाट प्रतिनिधि सभाको लागि उम्मेद्वारी दिनुभएकी दुर्गा पौडेलले प्यूठानमा बामहरुको विजय सुनिश्चत भैसकेको दाबी गर्नुभएको छ । संयुक्त बाम गठबन्धको चुनावी सभालाई भिंग्रीमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्यूठान जिल्ला कम्युनिष्टहरुको लाल किल्ला भएकाले पनि सम्पूर्ण प्यूठानी जनताहरु बाम गठबन्धनकै पक्षमा रहेको र बाम गठबन्धलाई मतदान गर्ने आतुर रहेकाे र मंसिर २१ गते जनताले बाम गठबन्धका उम्मेद्वारलाई भारी मतान्तरले विजयी गराउने समेत बताउनुभयो ।
प्रमुख अतिथी पाैडेलार्इ फूलमालाले स्वात गर्दै
साथै उहाँले जित सुनिश्चत भैसकेकाले घोषणा हुन बाँकी मात्र रहेको र उक्त कुरालाई प्यूठानी जनताले मंसिर २१ गते देखाइ दिने ठोकुवा गर्नुभयो ।
कम्युनिष्टहरु मूलुकभर देखि विजय हुने र केन्द्रमा स्थाई सरकार बन्ने भएका कारण देश विकास र समृद्धिको बाटोमा लम्किने बताउनुभयो ।
साथै उहाँले सम्पूर्ण मतदातहरुलाई भोट जित्ने उम्मेद्वारहरुलाई मतदान गर्न समेत अपिल गर्नुभयो ।
रक्तिमका कलारकार नवीन बस्यालले स्वागत गीत गाउँदै 
जित्ने उम्मेद्वारलाई मतदान गरेपछी मात्र विकास हुने भएको हुदाँ बाम वठबन्धलाई मतदान गर्ने अनुरोध गर्नुभयो । त्यस्तै हार निश्‍चित भएकाहरुलार्इ मतदान गरी अाफ्नाे अमूल्य मत खेर नफाल्नु हुन अनुराेध गर्छु उहाँले भन्नुभयाे ।
कम्युनिष्टहरुले एकताले काँग्रेस अताल्लिएका कारण जनता माझ झुटा भ्रमहरु छर्दै हिडे गरेको बताउदै उनिहरुको बनावटी भ्रममा नपर्ने समेत सबैलाई अपिल गर्नुभएको थियो ।
नेपाली काँग्रेसले कम्युनिष्टहरु शासन आएपछी निरङकुस शासन, लोकतन्त्रको अस्तित्व गुम्न सक्ने खतरा छ भन्ने भ्रमको खण्डन गर्दै कम्युनिष्टहरुले जिते देशमा शान्ति, स्थायित्व समानताका साथै सबै वर्गको हातमा शासन प्रणाली पुुग्ने बताउनुभयो ।
कार्यक्रममलाई बाम गठबन्धका प्रदेश सभा उम्म्द्वार हरी रिजालले पनि सम्बोधन गर्नुभएको थियो ।
सभालार्इ सम्वाेधन गर्दै पाैडेल

Post a Comment

Previous Post Next Post