Header Ads


गोविन्द विश्वकर्मा पौष ०७ प्यूठान । पुस्कल शर्मा जुन नाम सँग धेरै भन्दा धेरै परिचित हुनुहुन्छ जसले लोकदोहोरी गीत संगीतको क्षेत्रमा नयाँपन ल्याउने श्रेय पनि उनलाई जान्छ ।
 मुटु जलाई जलाई भन्ने बहुचर्चित लोकदोहोरी बाट दर्शक श्रोताका मन जितेका पुस्कलले पछिल्लो समय केही वर्ष यता लोकदोहोेरी गीतको क्षेत्रमा आफ्नो फरक क्षमता प्रस्तुत गर्दै आएको कुरा सबै दर्शक श्रोतालाई छर्लङ्ग नै छ ।
केही समय अघि मुटु जलाई जलाई भाग ३ नामक लोकदोहोरी गीत दर्शक श्रोतको माझमा फरक तरिकाले प्रस्तुत गर्दा धेरैले उनलाई मरेको भनेर पनि भन्ने गरे भने कसैैले पुस्कललाई गालि पनि गर्ने गरे त कसैलाई पुस्कको क्षमता अव्ल रहेको भन्दै उनको कामलाई प्रसंशा पनि गरे यति मात्र हैन उनी सँग जति चर्चा थियो अझै चर्चा थपियो पुस्कल शर्माको परिचयमा यस्तै उनको त्यो जुन मलामी नामक गीतले अत्याधिक आलोचना खेपेका पछि पुस्कल शर्माले आफू प्रति लगाएको आरोपलाई पर्दाेफास गर्न मुटु जलाई जलाई भाग ४ बजारमा लिएर म मरेको छैन भनेर भने ।
यसै क्रममा फेरी पुस्कल शर्माको अर्काे मुटु दुखाउने नयाँ गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । "मुटु जलार्इ जलार्इ भाग ५  फ्यान" जुन गीतमा पुस्कल शर्मा आफैले स्वर दिएका छन अभियन गरेका छन शब्द संगीत पनि बनाएका छन भने निर्देशन पनि गरेका छन ।
गीतमा पुस्कल शर्माले मरेपछी आफ्ना साथी तथा फ्यानहरुलाई मेरो गीत बजाई दिनु भन्दै अनुरोध गरेका छन । अभिनयमा सारिका केसीले पनि साथ दिएका छन ।

Post a Comment

Previous Post Next Post