Header Ads


गोविन्द विश्वकर्मा पौष ०५ प्यूठान । नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा चर्चित एवम् लोकप्रिय गायको दर्जामा आफूलाई स्थापित गरिसक्नु भएका गायको नाम हो कुलेन्द्र विश्वकर्मा जुन नाम लोकदोहोरी गीत संगीत प्रेमी दर्शक श्रोताको लागि कुनै नयाँ नाम भने हैन, लोक विधाका जुनसुकै गीत पनि उत्कृष्ट तरिकाले गाउन सक्ने खुवि उनीमा रहेको छ ।
यति मात्र हैन उनी लोकदोहोरी गीतहरु पछिल्लो समय लोकप्रिय गायक हुँदा हुदै पनि मोडेलका रुपमा देखा पर्ने थालेका छन । उनका गीत जव बजार आउँछन दर्शक श्रोताका मनमा बस्न सफल भैहाल्छन ।

गायक विश्वकर्मा गीत गाउादा छनोट गरेर गाउने भएकाले होला उनका अधिकांश गीत बजार आयोकी बजार तताइहाल्छन पछिल्लो समय आफ्नै स्वर अनि अभिनयमा रहेको नयाँ गीत “मेरी दिलकी रानी” भर्रखरै डिजिटल बजारमा सार्वजनिक भएको छ । अर्जुन पंगेनीको प्रस्तुतीमा बजारमा आएको यस गीतमा स्वर कुलेन्द्र विश्वकर्मा र विपना सुनारको रहेको छ । विजय सुनार संगीत रहेको यस गीतमा शब्द विजय सुनार र अर्जुन पंगेनीको रहेको छ ।

भने कुलेन्द्र विश्वकर्मा र सारिका केसीको अभिनय रहेको छ । चर्चित निर्देशक कपिल लामाले निर्देशन गर्नुभएको यस म्यूजिक भिडियोको छायांकन सुरेश श्रेष्ठले गर्नुभएको छ ।सुजन शाहीले सम्पादन गर्नुभएको यस म्यूजिक भिडियाको बजार व्यस्थापन संघर्ष म्यूजिक प्रालिले गरेको गरेको छ । गीतले सबै खाले दर्शक श्रोताको मन जितोस् हाम्रो तर्फवाट शुभकामना ।
भिडियाे‍‍‍‍‍

Post a Comment

Previous Post Next Post