प्रकाश बराईली “अभिब्यक्ती ” काठमाडौं, नेपाल
गीत संगीत मानिसको एक प्रकारको मुटु जस्तै हो । संगीत सुख दुखको साथी हो । मानिस दुखमा होस् या सखमा होस् जसरी पनि गीत सुन्छ । पहिला पहिला सांगीतीक क्षेत्रमा कालजयी गीतहरु आउने गर्दथे भने हाल सांगीतीक क्षेत्रमा छाडा गीतहरुले प्रशय पाएको छ । कस्ता गीतहरु बजारमा ल्याउदा उचीत हुन्छ, आफुलाई फाईदा हुन्छ, दर्शक श्रोताको मन जित्न सकिन्छ भन्ने सोचाई राख्दा उत्तम देखिन्छ । छाडा गीत बजारमा ल्याएर क्षणिक चर्चामा आउनु भन्दा राम्रो गीत ल्याएर ढिला चर्चामा आउनु र सदाबहार बन्नु राम्रो हुने छ । हाल प्राय कलाकारहरुले छाडा खालका समाजमा नपच्ने खालका गीत बजारमा ल्याउने गर्नाले नयाँ कलाकारहरुले पनि त्यस्तैको पछि लागेको पाईन्छ । अग्रज कलाकारहरुले जुन बाटो जस्तो बाटो देखायो त्यही बाटोमा हिन्ने त हो । नयाँ कलाकारहरुलाई सुरुमा केही थाहा हुदैन । यहाँ त अग्रज कलाकार नै त्यस्तै नराम्रो बाटो देखाउछन् अनि नयाँ कलाकारहरु त्यही बाटोमा हिड्दिन्छन् । आखिर त्यसमा उनिहरुको केही दोस नै हुँदैन । त्यसैले अग्रज कलाकारहरुले नयाँ कलाकारहरुलाई सहि बाटो देखाउन जरुरी छ । नयाँ कलाकारहरुले नजानेको कुरा सिकाईदिनु पनि जरुरी छ । कतिपय कलाकारहरु नयाँलाई सहयोग नगर्ने, सल्लाह सुझाव नदिने , घमण्ड अनि अहम्ता देखाउने गर्छन् । यसो गर्नु भनेको आपै पछि पर्नु हो । किनकी घमण्ड र अहम्ताले आफैलाई नाश गर्छ । घमण्ड मानिसको शत्रु हो । यसलाई आफैले जान्न अनि बुझ्न जरुरी छ । कलाकार यदि अगाडी बढ्नु छ भने कसैसँग दुश्मन गर्नु घमण्ड गर्नु हुँदैन । घमण्डलाई आजै देखी जरैबाट उखेलेर फाल्न जरुरी छ । भाइरसले मोबाईल खाए झै घमण्डले मानिसलाई खान सक्छ सत्यानाश पार्छ । घमण्ड र अहम्ता मानिसको लागी भाईरस जस्तै हो भन्दा फरक नपर्ला ।
कतिपय कलाकारहरु पछ्रिल्लो समयमा म त हिट छु जाबो त्यो कलाकार को हो र , त्यसको के छ र भन्ने सोंच राख्दछन् । कसलाई के थाहा छ र कस्को दिन कहिले आउछ भनेर । पालो सबैको एकदिन अवश्य आउछ । समय कसरी बदलिन्छ कसैलाई थाहा हुँदैन । त्यसैले समयलाई चिन्न सक्नुपर्छ र समय अनुसार चल्न सिक्नुपर्छ । पछिल्लो समयमा सांगीतीक क्षेत्रमा नयाँ प्रकारको बिकृती भित्रिएको छ । पहिला सिआरबिटी पिआरबिटी पर्चेज गरेर आफ्नो गीत हिट बनाउने गर्दथे भने अहिले युट्युबमा भिडियोलाई पर्चेज अर्थात बुस्ट गरेर भ्यु बढाउने अनि गीत चर्चामा ल्याउने भन्ने प्रक्रिमा फैलिएको छ । कतिपय कलाकारहरुले आफ्नो गीत बुस्ट हानी भ्यु बढाएर मेरो गीतको भ्यु यति गयो उती गयो मेरो गीत हिट भयो म त हिट भए भन्ने सोच्छन् । अनि म जस्तो कोही छैन भन्ने सोच्छन् , मान्छेलाई मान्छे गन्दैनन् । यो त केबल हात्तीको देखाउने दात भने झै हो । राम्रो गीतको त्यसै नी चर्चा हुन्छ । बुस्ट हान्नु भनेको त खाए खा नखाए घिच भनेझै हो । यदी श्रृजना अनी राम्रो गीत छ भने त्यसै भ्यु जान्छ । बुस्ट हान्नै पर्दैन । दर्शक श्रोताले पनि खोजी खोजी सुन्न सक्छन् । कलाकारहरुले हजारौ लाखौ रुपैया खर्च गरेर बुस्ट हानेता पनि त्यस गीतको पैसा पाईदैन । यो त जुवामा पैसा फालेको जस्तै हो । बुस्ट नहानेको गीतको मात्र पैसा आउछ । यो कुरा कतिपय कलाकारहरुलाई थाहा पनि छैन होला । बुस्ट हानेर भ्यु बढाउनु त चर्चामा आउनका लागी देखावटी नाटक मात्र हो । हामी कलाकारहरु दैनिक रुपमा जुवा खेली रहेका छौ । त्यसै कारणले गर्दा हामी आफै पछि परेका छौ । राम्रो गीत बजारमा ल्याएर चर्चा कमाउन सकेमा कलाकारहरुको त्सैमा भलो हुने देखिन्छ । सांगीतीक क्षेत्रलाई कता तर्फ लैजाने भन्ने जिम्मा हामी कलाकारहरु कै हातमा रहेको छ । नेपालको सांगीतीक क्षेत्रमा बिकृती भित्राउनेमा हामी स्वयम आफै दोषी छौ । दर्शक श्रोता त भगवान सरह हुन् । उनीहरुको हाम्ले पुजा गर्नुपर्छ । हाम्ले नयाँ नयाँ बिकृती भित्राइयो भने पुर्वज कलाकार, स्वर्गीय कलाकार, प्रितीले सरापछन् । त्यसैले उनिहरुको सपना पुरा गर्नका लागी राम्रो काम गर्ने बिकृती हटाउने काम गर्नुपर्छ । बल्ल त्यसपछि मात्र हाम्ले उनिहरुबाट आर्शिबाद पाउन सक्छौ र अघि बढ्न सक्छौ । बिकृती हटाउनका लागी सम्पुर्ण कलाकार, मिडिया, कलासँग सम्बन्धीत संघ संस्थाले ध्यान लिन जरुरी छ । सांगीतीक क्षेत्रलाई बिकृती उन्मुलन गर्न, सहि मार्गमा लैजान सकेमा नेपाली सांगीतीक क्षेत्रले केही फड्को मार्ने छ र नयाँ अनि अग्रज कलाकारहरुको उन्नतीसंगै भलो हुने देखीन्छ ।
Post a Comment