Header Ads

प्यूठान असाेज २७ । नेपालीहरुको दोश्रो महान चाड तिहार नजिकिदै गर्दा नेपाली सांगीतिक बजारमा तिहारका गीतहरु आउने क्रम ह्वात्तै बढेको छ। यसै क्रममा नेपाली साङ्गितिक बजारमा केही समयाबाट सांगीतिक छेत्रमा चर्चा कमाई रहेकि गायिका शरू गौतमले पनि आफ्नो दर्शक श्रोता का लागि तिहारको कोसेली लिएर आएकी छन।नयाँ नया कोसेली लिएर हजारौं नेपाली संगीतप्रेमी दर्शक तथा श्रोताहरुको मन जित्न कलाकारहरु ब्यस्थ देखिन्छन। यसैको एक उदाहरणहुन् सरु गौतम। नेपाली संगीत बाजारमा दुइ दर्जन भन्दा बढ़ी सांगीतिक कोशेली पसकेर स्थापित भइसकेकी गायिका सरुका तिम्रो र मेरो सम्बन्ध, साइला मेरो साइला , जस्ता दर्जन भन्दा बड़ी गीतली संगीतक बाजारमा ब्यापक तहल्का मचाएको देख्न पाइन्छ !
नेपाली हरुको दोश्रो महान पर्ब तिहार मा बिदेश भएका आफ्ना दाजु भाई लाई समझिदै भन्दैछिन सरु उता तिम्रो निधार येता मेरो हात खाली ! बिदेशमा रहेका दाज्यू भाई तिहारोको बेला चेलिबेटीको हात र आफ्नो निधार खाली राखदै बर्षौ सम्म घर फ़र्किन नपाएका दाजु भाई प्रति समर्पित हुदै सबैलाई यस तिहारमा घर फर्कन यसै गीत बाट आग्रह समेत गरेकी छन ।साथै ऐले को समसामहिक घटना क्रमलाई आधार मानेर बनाएको उक्त गीतले लखौ दर्शक श्रोताको मन अवश्य पनि छुन्छ भन्नेमा गायिका बिस्वस्त छिन ! गायिका गौतमको उता तिम्रो निधार येता मेरो हात खाली गीतमा शब्द ऐलेकी चर्चित रचनाकार प्रभा बर्तौलाको रहेको छ भने
स्वर तथा संगीत स्वयंम सरुकै रहेको छ ! ! म्यूजिक एरेन्जर बिपिन आचार्यको रहेकोछ।उक्त गितको म्यूजिक भिडियोमा अभिनय स्वयम सरु गौतम प्रभा बर्तौला र कबू गौतमको रहेको छ ! उक्त म्युजिक भने छायांकन तथा सम्पादनमा क्रमशः पासङ्ग शेर्पा र राज कूमार रहेका छन। म्युजिक भिडियोलाई सग्स नेपालले सांगीतिक बाजारमा ल्याएको हो !

Post a Comment

Previous Post Next Post