Header Ads


स्वर्गद्धारी प्यूठान । बहु चर्चित गायक तथा सर्जक किरण बाबु पुनको नयाँ गीत “बाचा”बजारमा आएको छ।यो गीतमा तिन वटा बिषय बस्तु एउटै गीतमा समाबेश गरिएको छ।सायद यस्तो प्रयोग भएको गीत दोहोरी इतिहासमै पहिलो हो।
लोक गीतको इतिहासमा पहिलो पटक भारतिय चर्चित गायिका सञ्जीवनीले आवाज दिएको गीत पनि यहि गीत हो उनले थुप्रै हिट हिट नेपाली चलचित्र तथा आधुनिक गीतहरु गाएकी छिन भने लोक दोहोरी भने पहिलो गीत बाचा नै हो।
यसमा फरक कथा बस्तु समेटेर म्युजिक भिडियो बनाइएको छ। जस अन्तर्गत पुनर्जन्मको कथालाई निकै मिठो शैलीमा देखाइएको छ। जन्म र मृत्यु सास्वत सत्य हो,तर आत्मा कहिल्यै मर्दैन,कुनै न कुनै जिवात्मामा त्यो आत्माले प्रवेश पाउ छ
पुरानो पात झर्नु र पालुवा पलाउनु जस्तै। कतिले पुर्ब जन्मलाई स्मरण गर्छन् त कतिले गर्दैनन् ।प्रस्तुत कथा प्राचीन युगमा बिछोडिएका प्रेम जोडीको पुनर्जन्ममा आधारित छ ।
वास्तवमा मायामा सांचो प्रेम गर्ने जोडीहरु हजारौं जन्महरु पनि आफ्नै प्रेमी वा प्रेमिकाका निम्ति लिन सक्छ्न भन्ने कुरा देखाउन खोजीएको छ।यो गीतमा किरण बाबु पुन र सञ्जीवनीको आवाज रहेको छ भने शब्द रसंगीत किरण बाबु पुनकै रहेको छ।
स्मरण रहोस किरण बाबु पुनले हरेक सिर्जनामा नयाँ प्रयोग गरेकै हुन्छ्न यसमा पनि हामी त्यो प्रयोग देख्छौं।यो गितको म्युजिक भिडियो धेरैलाई निर्देशक र कलाकार बनाएका वरिष्ठ निर्देशक बाबु राजा के सी उज्ज्वलले निर्देशन गरेका छन भने छायांकन दुर्गा पौडेलको रहेको छ।
त्यस्तै सम्पादन नबिन घर्ती मगरको रहेको छ भने अभिनय प्रेम थापा र अञ्जली अधिकारीको रहेको छ।यो गीतलाई कृष्ण फिल्मस् एण्ड एड्भरटाइजिङ्गले बजारमा ल्याएको छ ।
यो गीत बाट लोक गीत क्षेत्रमा फेरी एउटा इटा थपिने सबैको अनुमान रहेको छ।गीतले छोटो समयमै दर्शक श्रोताको मन जितिसकेको छ ।किरण बाबु पुनको अन्ने गीतहरु जस्तै यो गीत पनि एउटा सफल गीत बनोस खबर सम्पूर्ण परिवारको तर्फा बाट शुभकामना ।

Post a Comment

Previous Post Next Post